मापदण्ड नटेर्ने सिमेन्ट उद्योगलाई कारवाही

  प्रकाशित मिति
४ चैत्र २०७५, सोमबार १०:०२


मेचीनगर । नेपाल गुणस्तर तथा नापतौल विभागले यो वर्ष मुलुकका १३ वटा सिमेन्ट उद्योगले सरकारी मापदण्ड विपरीत सिमेन्ट उत्पादन गरेपछि कार्वाही गरिएको जनाएको छ ।
पुस यता गरिएको अनुगमनमा ती उद्योगले मापदण्ड पूरा नगरी सिमेन्ट उत्पादन र विक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
पुडासैनीले ती उद्योगलाई कारवाही सिफारिस गरिएको समेत जनाए ।

कारवाही सिफारिसमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मनषा सिमेन्ट उद्योग झापा, मेगा सिमेन्ट प्रालि झापा, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखकाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी, अर्घाखाँची सिमेन्ट उद्योग रुपन्देही र शुभश्री जगदम्बा सिमेन्ट उद्योग रहेका छन् ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट पछिल्लोपटक फागुन १३ र १४ गते झापामा रहेका सिमेन्ट उद्योगहरुमा अनुगमन गरी नमूना जाँचका लागि विभागको प्रयोगशालामा पठाइएको थियो ।

परीक्षण गर्दा मनसा उद्योगको पिपिसी सिमेन्टमा आइआरको मान २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत पाइएको विभागका महानिर्देशक पुडासैनीले बताएका छन् ।
आइतबार विभागले मनसालाई कारवाही सिफारिश गरेको जनाएको छ ।

अन्य सिमेन्ट उद्योगमा गत पुसमा अनुगमन गर्दा मापदण्ड विपरीत भेटिएको थियो ।‘अनुगमनका क्रममा नेपाल गुणस्तर ऐन विपरीत भेटिएको जो कोही कम्पनीलाई पनि कारवाही गर्दै आएका छौँ’–उनले भनेका छन् ।

विभागले उक्त सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावलीको दफा १६ अनुसार कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: