मापदण्ड पुरा गरेर होटल सञ्चालन गरिने ः व्यवसायी

  प्रकाशित मिति
२१ असार २०७७, आईतवार २०:१४


मेचीनगर । झापाका होटल व्यवसायीहरुले सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा होटल सञ्चालन गर्न पाउनु पर्ने जोडदार माग गरेका छन् ।

आइतवार बिर्तामोडमा होटल व्यवसायीहरुको भेलामा लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै सुरक्षित र सामाजिक दुरी कायम गरेर होटल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका हुन् ।

लकडाउनको समयमा अन्य व्यवसाय सञ्चालन गर्न छुट दिए जसरी नै होटल व्यवसाय पनि सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

लामो समयदेखि होटल व्यवसाय बन्द हुँदा व्यवसायीहरु आर्थिक संकटमा परेकोले होटल व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था भएको भन्दै होटल व्यवसायीहरुले सरकारले तोकेको मापदण्ड पुरा गरेर होटल सञ्चालन गर्ने उनीहरुको भनाई छ ।

उनीहरुले लकडाउन अवधिको होटलको घर भाडामा ५० प्रतिशत, बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुट, एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजश्व मिनाहा तथा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र किस्ता तिर्ने समय दुई वर्ष थप गरी ब्याजमा सहुलियतदर कायम गराई साँवामा गाभिदिन समेत आग्रह गरेका छन् ।

होटल व्यवसायी तथा हाइप लाउञ्ज एण्ड वारका सञ्चालक मिक्की कार्कीले भेलाको संयोजन गरेका थिए ।

संयोजक कार्कीले सहज रुपमा होटल व्यवसाय सञ्चालन गर्ने वातावण बनाइदिन होटल व्यवसायी संघ झापा, स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रहरी प्रशासन लगायत सरोकारावाला निकायहरुलाई आग्रह गरेका छन् ।

होटल व्यवसायी संघ झापाले होटल व्यवसायीको समस्यालाई गम्भीर रुपमा नलिए झापामा छुट्टै अर्को होटल व्यवसायी संघ खोल्न होटल व्यवसायीहरु बाध्य हुने समेत चेतावनी दिइएको छ ।

भेलामा होटल व्यवसायीहरु अर्जुन कडरिया, अम्बिका पोखरेल, गोपाल पोखरेल, राजु न्यौपाने, आशिष वन, सुमन उप्रेती, विशाल धिमाल, गजेन्द्रकुमार जवेगु, सञ्जय गौतम, खेम अधिकारी, सुरेश आलेमगर, पारस खतिवडा, सन्तोष पौडेल, नेत्रप्रसाद न्यौपाने, जयप्रसाद पोखरेल, मधु सिटौला, विकास अधिकारी, मित्रसेन गोम्देन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: