मापसे गरेका वडाध्यक्ष पक्राउ

  प्रकाशित मिति
१४ चैत्र २०७४, बुधबार १७:१०


मेचीनगर । मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपाने बुधबार पक्राउ परेका छन् ।

पक्राउ परेका वडाध्यक्ष न्यौपाने इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

पटकपटक मादक पदार्थ सेवन गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई आज दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।

इप्रका काँकडभिट्टाबाट खटिएको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेर लगेको हो ।
मेची आम्दा अस्पताल धुलाबारीमा मापासे जाँच गर्दा वडाध्यक्षले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो ।

वडाध्यक्ष न्यौपाने नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: