माफी मागे वडाध्यक्षले

  प्रकाशित मिति
१७ चैत्र २०७४, शनिबार १५:२८


बाहुनडाँगी । दलित उत्थान समन्वय समिति मेचीनगर–२ को आयोजनामा शुव्रmवार भृकुटीमा भएको दलित भेलामा वडाध्यक्ष तिलक न्यौपानेले माफी मागेका छन् ।

वडाध्यक्ष न्यौपानेले मन्तब्यको क्रममा बुधवार आफुबाट भएको गल्तीका लागि वडाबासीसँग माफी मागेका हुन् ।

बुधवार उनलाई मदिराले लठ्ठिएको अवस्थामा वडा कार्यालयमा भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रवार स्थानीय दुर्गा मन्दिरमा भएको कार्यक्रममा उनले मदिरा पिएका थिएनन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाले घोषणा गरेको छूवाछूत मुक्त क्षेत्र’ सफल बनाउनका लागि वक्ताहरुले जोड दिएका थिए ।

मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यता तथा नरमाया गहतराजको सभापतित्वमा सम्पन्न कार्यक्रममा जगत घिमिरे र मोहनलाल सुब्बाले बोलेका थिए ।

सीता मोतेले स्वागत गरेको कार्यक्रमको सञ्चालन बुद्धिमान शङ्करले गरेका थिए ।
उनले अबोप्रान्त नराम्रो आचरण नगर्ने प्रतिबद्धता जनाउँदै छुवाछुतको अन्त्यका लागि डटेर लाग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: