विर्तामोड, ९ असोज । बिर्तामोड नगरपालिका वडा नं. ५ की १३ वर्षीया कृतिका भण्डारीको मावली घरको छतबाट झर्दा दुःखद् मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विहीवार राति १० बजे मृतकको मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको जानकारी दिए ।
थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा अचानक लडेर भण्डारी गम्भीर घाइते भएकी ।
घाइते अवस्थामा तत्काल उपचारार्थ बीएन्डसी हस्पिटल लैजादै गर्दा बाटोमै उनको मृत्यु भयो । उनी काठमाडौंबाट ५ दिन अघि मात्र मामाघर आइपुगेकी थिइन् ।