मायाको चिनो ः एक किलो पनीर

  प्रकाशित मिति
१२ जेष्ठ २०७३, बुधबार १०:३२


gyanendra niraula

जीवनमा गतिशलितासँगै हामी कुनै न कुनै काममार्फत् आफ्नो उपस्थिति समाजमा देखाइरहेका हुन्छाँैं । खासगरी पछिल्ला बर्षहरुमा नेपाली समाजमा युवाहरुले आफूलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्नेतर्फ विश्वास गुमाउँदै गएको देखिन्छ । ११÷१२ सम्म अध्ययन गरेकाहरुको अधिकांंशको गन्तव्य खाडी मुलुक बनेका छन् भने अन्यको गन्तव्य युरोप वा अमेरिका बन्ने गरेको हाम्रो समाजको यथार्थ हो । खासगरी कृषि पेशा हाम्रो परम्परागत पेशा नै हो । अन्य पेशा व्यवसायमा हामी जति गर्न सक्छौंँ, त्यसको तुलनामा कृषि तथा पशुपालनसँग जोडिएको पेशा व्यवसायमा हामी अलिक बढी गर्न सक्छौंँ । तर, हाम्रो समस्या भनेको आफ्नो उत्पादनमा गर्व गर्न नसक्नु नै हो । हामी हामीले उत्पादन गरेको वस्तुमा पूर्णरुपमा विश्वस्त हुन सक्दैनाँै र कैयौंँ यस्ता वस्तुहरु जुन बजारमा राम्रो मूल्यमा बिव्रmी हुन सक्छ, त्यस्ता हाम्रो करेसाबारी तथा घरमा नै सडेगलेर नष्ट भइरहेका छन् । तर आजको आलेखमा उठान गर्न खोजिएको विषय भनेको आफ्नो उत्पादनमा गर्व गर्न सक्यौंँ भने त्यसले स्वावलम्बन बन्न सहयोग पुग्छ भन्नेतर्फ केन्द्रित छ ।

प्रसङ्ग २०७३ जेठ ६ गते बिहीवार बिहानैको हो । त्यस दिन कामको निक्कै चाप थियो मलाई । तथापि महत्वका हिसावले मैले बिहान ८ बजेको एउटा कार्यव्रmमको निम्तो मानेर नै दिनको सुरुवात गरेंँ । नेपाल बहुद्देश्यीय सहकारी संस्था जसलाई जनजिब्रोको भाषामा एनएमसी भनेर सम्बोधन गरिन्छ । उक्त संस्थाले मेचीनगर– १३ जोरसिमल झापामा विगत एक बर्ष अघिदेखि सञ्चालनमा ल्याएको एनएमसी डेरी उद्योगका संयोजक तथा एनएमसी सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको निम्तोलाई स्वीकार गर्दै डेरी उद्योगमा उपप्रधान तथा सहकारी मन्त्रीको भ्रमणका बेला सञ्चारकर्मीका रुपमा उपस्थित हुन बिहान ८ बजे नै डेरी उद्योग पुगेंँ । म पुगेको करिब १५ मिनेटपछि मन्त्री चित्रबहादुर केसीको आगमन भयो । मन्त्रीलाई पुष्पगुच्छाले अध्यक्ष उप्रेतीसहित सहकारीका सञ्चालकहरुले स्वागत गरे । मन्त्रीलाई डेरी उद्योगको भ्रमण गराइसकेपछि मन्त्री ज्यूले त्यहाँ उपस्थित मानिसलाई सम्बोधन गर्नुभयो । डेरी उद्योगबाट उत्पादन गरिएका सामग्री मन्त्री केसीले बढो चाखपूर्वक सेवन गर्नुभयो । कार्यव्रmम सम्पन्न हुनै लाग्दा मेरो मनमा एउटा कुराले डेरा जमाएको थियो, त्यो के भने देशका उपप्रधानमन्त्री त्यसमाथि विभागीय मन्त्री आएको बेला बिदा गर्दा गतिलो उपहार दिने चलन छ । तर त्यहाँ हेर्दा त्यस्तो कुनै सामग्री मैले देखिरहेको थिइनँ । मैले सोँचे साना दलका बुढा मन्त्री यिनलाई खाली हात बिदा गर्ने भए । तर जब मन्त्री हिँड्ने बेला भयो, तब एक्कासी एउटा सामान्य प्रकृतिको झोलामा केही सामान लिएर एनएमसी डेरी उद्योगका प्रबन्ध निर्देशक श्याम मिश्र अगाडि सर्नु भयो र मन्त्रीलाई हाम्रो मायाको चिनो यो एक किलो पनीर भन्दै उपहार टव्रmयाउनु भयो । मन्त्रीले पनि हाँस्दै उपहाररुपी पनीर स्वीकार गर्नुभयो । त्यहाँ उपस्थित सबैमा हाँसो छायो ।

मलाई लाग्यो ओहो यो त गजव भयो । आफ्नो उत्पादनलाई लत्याएर विदेशी सामाग्री बजारबाट खरिद गरेर मायाको चिनो दिने हाम्रो चलन भन्दा त यो ठिक हो नि भन्ने लाग्यो । एउटा सहकारी मन्त्रीलाई सहकारीले नै उत्पादन गरेको सामाग्रीको उपहार भन्दा अरु राम्रो के हुन्थ्यो होला र । यदि मन्त्रीलाई दिने उपहारका बारेमा दश जना मान्छेलाई राय माग्ने हो भने पनीर पर्ने थिएन होला । किनकी हामीलाई हाम्रो उत्पादन सानो लाग्छ । अनि अलि ठुला भनिएका मान्छे आउँदा त्यस खाले कोसेली दिन हामीलाई लाज लाग्छ । खानेपानी उपभोक्ता समितिको कार्यव्रmममा बजारमा पाइने प्याकिङ गरिएको मिनिरल वाटरको बोतल राख्ने पनि हाम्रै समाजमा स्थापित नै भइसकेको छ । त्यस कारण अब आफ्नो उत्पादनलाई गर्व साथ यो समाजमा स्थापित गराउँ । हाम्रो देशमा त्यस्ता धेरै उत्पादनमूलक साना ठुला उद्योग छन् । तर, हामी त्यसमा गर्व गर्न सकिरहेका छैनौंँ र ५० डिग्री भन्दामाथिको तातोमा काम गर्न खाडी मुलुकलाई गन्तव्य बनाइरहेका छौंँ । सामान्य लाग्ने काम हामीलाई गर्न पनि लाज हुन्छ तर दिन भरि क्यारेमबोर्ड खेलेर फूर्ति गर्न हामी कस्सिएका छौंँ । त्यसैले स्वदेशी त्यो पनि स्थानीय उत्पादनमा गर्व गरौंँ अनि मात्र स्वरोजगारको सपना साकार पार्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: