मायाको तरङ्ग

  प्रकाशित मिति
२ फाल्गुन २०७४, बुधबार १५:३५


यति चोखो यति मिठो दिउँला तिमीलाई माया,

बिर्सनेछन् साराले पुराना प्रेमका कथा…

आज ‘भ्यालेन्टाइन डे’ । यो गीतको सान्दर्भिकता आज जति छ सायदै होला अन्य दिन ।

माथिको गीतको हरफले भनेझैँ आज सोही दिन हो, जहाँ हरेक प्रेमीले आफ्नो प्रेमील सहयात्रीलाई दिल खोलेर माया दर्शाउन सक्छ । जहाँ गीतका भाकाहरु, साहित्य, सृजना, गीत गजल आदि थुप्रै माध्यममार्फत् आफ्ना मनका भावना र प्रेम प्रकट गर्नलाई सहज महसुस गर्छ । माया, प्रेम, भावना बाँड्नलाई प्रणय दिवसले अवसरको श्रृजना समेत गर्दैछ, सोही अवसरलाई टेकेर यहाँ सुमधुर सम्बन्धको सुरुवात हँुदैछ भने कति नकारात्मक अनि असमझदारी विचार र भावनाको कारणले मनहरु छुट्टिदैछन् ।

मान्छेहरु कोही सिङ्गल हुन्छन्, कोही कमिटेड अनि कोही चाहिँ एडिक्टेड, जोे अरुलाई एडिक्सनको रुपमा लिन्छन् अनि लट्ठिन्छन्, छटपटिन्छन्, तड्पिन्छन् । छेउमा भएको र सजिलै प्राप्त गर्न सकिने खुशीको वास्ता नगरी टाढा भएको दु.ख पाउन मन गर्छन् । कोही भने कसैको आवाज मात्र समेत आफुसँग हँुदा आफूसँग भए जस्तो भएको महसुस गर्छन् । थाहा छैन मन कुनै अङ्ग हो या होइन तर सबैभन्दा बढी मायाको तरङ्ग सोही मनमै पैदा हुन्छ । अनि सोही तरङ्गबाट नै मान्छेको मन जोडिएको हुन्छ, जसलाई कुनै साधनले चुडाउन सक्दैन ।

हामीसँग जसरी हरेक पर्वहरु दिनानुदिन स्थापित अनि महत्वपूर्ण बन्दै गइरहेका छन् त्यसरी नै प्रेमको चरम उत्कर्ष झल्कने दिनको रुपमा माया चाहने र दिनेहरु बीचमा एक स्वर्णिम अवसरको रुपमा प्रेम दिवस स्थापित हुँदै गइरहेको छ । हुनत माया बर्षमा एक दिन, एकपटक मात्र गर्ने चिज मात्र त होइन । तर पनि यो एक दिनलाई प्रयोग गर्दै वर्षैभरि जिउनका लागि पर्याप्त माया बटुल्न सकिन्छ वा वर्षैभरि निरन्तर प्राप्त गर्ने अवसरको श्रृजना गर्न सकिन्छ । जसरी एउटा किसानले एक समयमा गरेको मेहनतले वर्षैभरिको लागि बन्दोबस्ती, जोहो गर्न सक्छ, त्यसरी नै मायाकोे विजारोपण मनमा गराउन सकियो भने यसले विस्तारै मुटुमा जरा गाड्छ र हृदयमा टुसाउँदै गहभरि उम्रिएर परेलीमा फव्रmन्छ अनि सदाका लागि आँखाभरि सुन्दर गुलाबको फूलझैँ फुलिरहन्छ ।

वास्तवमा माया एक अजीव र अभौतिक चिज हो । जुन नाप्नै नसकिने परिमाणको हुन्छ । माया खुल्ला आकाशझैँ हो किनकी जसरी आकाशमा सम्पूर्ण जिवात्मा र निर्जीवात्मा अटेका छन् । त्यसरी नै मायाले नसमेट्ने अनि मायामा नआट्ने केही छ्रैन । हाँसो, खुशी, मिलन त मायाको सुखद अवतार नै हो भने पीडा, जलन, दु.ख अभाव बीचमा समेत माया फस्टाएकै हुन्छ । यी सबै कुराले मायामा स्थान पाउँछ । जसरी सम्पूर्ण जिवात्मा निर्जीवात्माले यो संसारमा स्थान पाएका छन् ।

माया एक सेतो कागजझैँ हो । जसलाई चाहँदा रातो रङले सुन्दर गुलाब बनाउन सकिन्छ । नचाहँदा हरियो रङले तिखा काँडा । माया काँचो माटाझैँ पनि हो जसलाई विभिन्न आकारमा ढाल्न सकिन्छ । सुन्दर उपहारमा प्रयोग हुने सामानदेखि लिएर फोहोरको डङ्गुर थुपार्ने रड्डीको खाडलसम्म । तर, सोही माटो नै फेरि पृथ्वीमा भएका सम्पूर्ण जिवात्माको आश्रय स्थल भएझैँ मायालाई जीवन जिउने कला र अभिव्यक्तिको सुन्दर उपहार ठानेर जीवनलाई सुखद अनि हर्षित बनाउन सकिन्छ ।

प्रेम दिवसले श्रृजना गरेका कैयौँ सुखद पक्षहरु त छदैछन्, मायाको अदालतमा सँगै जिउने अनि सँगै मर्ने बाचा÷कसमको सपथ लिनु मात्र महत्वको कुरा नभई सम्बन्धमा मनभरिको विश्वास र जिन्दगीभरको साथ नै आचारसंहिताका दरिला दशी हुन्, जहाँ कारवाहीका कुनै दफाको जरुरी नपरोस् । मायामा बेइमान र छल गर्ने काम नगर्नु नै असल चरित्र र अनुशासित नैतिकताको उच्चतम नमूना हो ।

सम्बन्ध गाँस्नु मात्र ठुलो कुरा हैन, ठुलो कुरा त जस्तै अभाव र असहजताका बीच पनि यसलाई निरन्तरता दिनु हो । कहिलेकाँही हामीले सपनालाई धैरै बढायौँ भने पनि समस्या बनिदिन्छ । जब सपना पूरा हँुदैन र भत्कन्छ तब तिनै सपनाका छिटाहरुको प्रहारले टुक्रिन्छौँ । विज्ञानले समेत प्रमाणित गरेको कुरा के छ भने कुनै वस्तु जति ठुलो छ जति माथिबाट खस्छ त्यति नै ठुलो चोट लाग्छ । त्यस्तै प्रेम पनि जतिमाथि पुग्यो, झर्दा त्यति नै ठुलो क्षति हुन्छ । मानिसलाई समयले अनगिन्ती घाउ दिएर जान्छ फरक यति मात्र हो । कुनै घाउको मलम हुन्छ, कुनै घाउ सहने चलन हुन्छ । सोही मलम नहुनेवाला घाउ हो । मायाले दिने, मायाले दिएको चोेटमा सहनु सिवाय अरु कुनै ओखती छैन, छ त फेरि माया र प्रेमबाट प्राप्त हुने थेरापी ।

प्रेम त अझ सरुवा रोगझैँ हो, जहाँ एकबाट अर्काेमा सर्छ अनि फेरि प्रेममा दुखी हुनुपर्छ भन्ने भाव छाडेर जान्छ । कोही आफूप्रति कमिटेड नहुँदा अनायासै दु.ख छाउँछ । खुशी मन पर्न छाड्छ । रहरहरुको रहरै लाग्न छोड्छ अनि एडिक्टेड हँुदै जान्छ मान्छे । जहाँ अर्काको याद आफ्नो लागि ड्रग जस्तै ।

मायाले मानिसमा सकारात्मक सोचको विकास समेत गर्छ । परिपक्वता बीच श्रृजना भएको माया सदाबहार हुन्छ । श्रीमान श्रीमती बीचमा भएको मायाले साथ सहयोग बढाउँछ । मायाको अभावमा मान्छे विचलित बन्न सक्छ । मायाले हामीलाई सधैँ सङ्घर्षशील बनिरहने प्रेरणा समेत दिन्छ । त्यसैले हरेक सम्बन्धहरु सन्तुलित बन्नुपर्छ । सन्तुलन मिलेन भने हलचल हुन थाल्छ । गडबडी छाउँछ । असहजता महसुस हुन्छ अनि ढलपल गर्न थाल्छ र झर्छ, टुक्रन्छ । किनकि जिन्दगी आफ्नो हिसाबले चल्दैन, जति मिलाउन खोजे पनि मिल्दैन जिन्दगीको हिसाब । जिन्दगी जस्तै नबुझिने हुन्छ मायाको हिसाब पनि जसको जोडघटाउ स्वयम् गर्नेले समेत बुझ्दैन । त्यसैले कहिल्यै नबुझिने मायाको जोड घटाउ सुझबुझका साथ गरौँ अन्यथा माया कोहीबेला एक सिजनमा आउँछ, भिजाएर हरियो बनाएर जान्छ फेरि अनायासै बाढी पहिरो, तुसारो ल्याइदिन्छ अन्त्यमा फेरि रुख्याएर जान्छ ।

अत. प्रणय दिवस युवायुवती माझ मात्र नभइ हरेक वर्ग र उमेर समूह अनि विभिन्न दर्जा बीचमा प्रगाढ सम्बन्ध स्थापित गराउन सफल बनोस् । माया लिन अनि दिन चाहने हरेक व्यक्तिको आङमा भिज्न सकोस् । यसैमा छ प्रेम दिवस मनाउनुको सार्थकता । सम्बन्धलाई सुरु गर्न र अपरिचित पात्रलाई परिचित राख्न अनि प्रेमको विजारोपण गराउन मात्र नभई समाजमा हरेक मानिस बीचमा आपसी सद्भाव, प्रेम, भाइचारा, असल आचरण अनि सौहार्दताको विकास गर्दै समाजलाई नै वर्षैभरि प्रेममय बनाउन यो दिवस सफल बनोस्, प्रेम दिवसको सबैमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: