मारवाडी महिलाले गरे रक्तदान

  प्रकाशित मिति
१९ असार २०७३, आईतवार ११:२५


sunita sarraf
रक्तदान गर्दै अध्यक्ष सुनिता

मेचीनगर । मारवाडी महिला मञ्च मेचीनगरले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा १० जना महिलाले पनि रक्तदान गरेका छन् ।

रक्तदान गर्नेमा आयोजक संस्थाकी अध्यक्ष सुनिता सर्राफ लगायत छन् । मारवाडी सेवा समिति मेचीनगरका अध्यक्ष सुभाष मुरारका र मारवाडी युवा समिति मेचीनगरका अध्यक्ष ललित अग्रवालले पनि रक्तदान गरेका छन् ।

रेडक्रस सोसाइटी झापाको सहयोगमा भएको कार्यक्रममा जम्मा ४९ जनाले रक्तदान गरेका थिए ।

महिला मञ्चकी अध्यक्ष सर्राफको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर रेडक्रस उपशाखाका अध्यक्ष हेमन्तराज दवाडी , शान्ति समाज धुलावारीका अध्यक्ष ज्ञानबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: