मालद्विपमा नेपाली युवतीको मृत्यु

  प्रकाशित मिति
६ आश्विन २०७५, शनिबार ११:०९


भद्रपुर, ६ असोज (रासस) । झापाको मेचीनगर नगरपालिका वडा नंं १० घर भएकी २४ वर्षीया संगीता राजबंशीको मालद्विपमा मृत्यु भएको छ ।

बैदेशिक रोजगारीका लागि घरेलु कामदारको रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालद्विप गएकी संगीताको भदौ २५ गते मृत्यु भएको उहाँको बुवा नकुल राजबंशीले जानकारी दिनु भयो ।

संगीताको शब आज विहान घर आइपुगेपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ ।

संगीताको मृत्यु आत्महत्याका कारण भएको भनी मालद्विपबाट खबर आएको मृतकको मामा राजकुमार राजबंशीले बताउनु भयो ।

मालद्विपबाट श्रीलंकाको कोलम्बो हुँदै संगीताको शब हिजो साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो ।
अविवाहित संगीता डेढ वर्ष अघि वैदेशिक रोजगारीका लागि मालद्विप गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: