वितामोड । झापाको शान्तिनगरमा विप्लव नेतृत्व नेकपा माओवादीका कार्यकर्ताले ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
इलामबाट गोलिया लिएर विर्तामोड तर्फ आइरहेको ना ३ख ४६७१ नम्बरको मालबाहक ट्रकमा शान्तिनगर १ बर्नेमा आगजानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि शर्माले बताए ।
प्र्रहरीका अनुसार उनीहरुले बुधबार राति १ बजेर ३० मिनेटमा ट्रकमा आगजनी गरेका थिए ।
माओवादीले आह्वान गरेको बन्दका कारण झापामा सार्वजनिक यातायात र विद्यालय पूर्ण रुपमा बन्द भएका छन् ।