मालीको सैनिक सत्ताले भन्यो–‘नागरिक सरकार गठन गर्छौ’

  प्रकाशित मिति
४ भाद्र २०७७, बिहीबार ११:२९


झापा, ४ भदौ । विश्वको गरीव मुलुकमध्येको मालीमा सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको जनाउँदै नागरिक सरकारलाई शक्ति हस्तान्तरण गर्ने बताएका छन् ।

सैन्य विद्रोहको चौतर्फी बिरोध भएपछि नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ ।

राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए ।

पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ ।

सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ ।

उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न माग गरेको छ ।

अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ ।

अमेरिका र र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन् ।

माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँ पटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ ।

अहिले उक्त देश जातीय हिंसा र जिहादी आक्रमणको लहर नियन्त्रणको निम्ति लडिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: