मावारिद एक्सचेञ्जको उपहार योजना

  प्रकाशित मिति
२९ माघ २०७६, बुधबार १६:०२


रामप्रसाद ढुङ्गेल

युएई । युएईको मावारिद एक्सचेञ्जले आफ्ना ग्राहकलाई उपहारै–उपहार प्रदान गर्ने भएको छ ।

युएईको दुबई र शारजाहमा रहेका ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीहरुका साथमा अन्य उपहारहरु ग्राहकले पाउने भएको हो ।

नेपाली कामदारहरुलाई लक्षित गरी मावारिद एक्सचेञ्जमार्फत नेपालमा एकसय ६ वटा शाखा भएको सिभिल बैँक र नेपालभरिका १० हजार एजेन्टहरुबाट सजिलोसँग पैसा निकाल्न सकिने सिभिल बैँकका युएई प्रतिनिधि सन्जीतजङ्ग सिंहले बताए ।

मावारिद एक्सचेञ्जले अन्य एक्सचेञ्जभन्दा राम्रो रेट तथा पैसा पठाउँदा लाग्ने शुल्क एकदम कम मात्र लाग्ने र सबै शाखाहरुमा नेपाली कामदार भएका कारण कारोबार सहज हुने सिंहको भनाइछ ।

सिंहका अनुसार बर दुबईको अस्टेरिया होटल अगाडिको बाटोबाट अदिल फुडस्ट्फसँगै रहेको मावारिद एक्सचेञ्ज, सोनापुरको ग्रान्ड हाइपरमार्केट (बस पार्क अगाडि), जेबल अलि पार्को हाइपरमार्केट (बस पार्क अगाडि), शारजाह बुतिना र मुहेलामा नेस्टो हाइपरमार्केट रहेको मावारिद एक्सचेञ्जको शाखाबाट कारोबार गर्दा जो कोहिले उपहार पाउन सक्नेछन् ।

फेब्रुअरी १ देखि शुरु भएको यो अफर मार्च ३१ सम्म रहनेछ ।

आगामी अप्रिल ३ तारिख उपहार योजनाको नतिजा सार्वजनिक गरिने सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: