मासुको मूल्यवृद्धि फिर्ता

  प्रकाशित मिति
२१ आश्विन २०७३, शुक्रबार १०:२८


meat

विर्तामोड । दसैँको मुखमा जताततै मासुको मूल्य बढिरहेका बेला विर्तामोडका मासु व्यवसायीले भने मूल्यबृद्धि फिर्ता लिएका छन् ।

विर्तामोडका मासु व्यवसायीले दसैँको मुखमा एक्कासी सय रुपैयाँ मूल्यबृद्धि गरेपछि विर्तामोड नगरपालिका र राष्ट्रिय उपभोक्ता मञ्च झापाले मूल्यबृद्धि फिर्ता गर्न आग्रह गरेका थिए । सोही आग्रह बमोजिम दसैँभर मासुको मूल्य नबढाउने सहमति भएको विर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले जानकारी दिए ।

बुधबार विर्तामोड नगरपालिका कार्यालयमा भएको छलफलमा नगरपालिकाका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र जिल्ला पशुसेवा कार्यालयका प्रतिनिधिले मासु व्यवसायीलाई मूल्य नबढाउन आग्रह गरेका थिए । ०६९ सालदेखि ६ सय रुपैयाँ प्रतिकिलो बिव्रmी हुँदै आएको खसीको मासु दसैँको मुखमा व्यवसायीले एक्कासी ७ सय पु¥याएपछि छलफल गरिएको थियो ।

छलफलको सहजीकरण गर्दै नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्रप्रसाद वस्ती र प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले असोज २७ गतेसम्म मूल्य नबढाउन व्यवसायीलाई अनुरोध गरेका थिए । दसैँपछि पुनः छलफल गरेर मूल्य तोक्न उनीहरुले आग्रह गरेका थिए ।

छलफल कार्यव्रmममा राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले प्रव्रिmयामा गएर मात्र मूल्य बढाउन अनुरोध गरेका थिए । ‘कसले दियो यत्रो मूल्य बढाउने अधिकार तपाईंहरुलाई ?’ प्रश्न गर्दै सुब्बाले भने–‘चाडबाडको मुखमा यसरी उपभोग्य वस्तुको मूल्य बढाउन पाइँदैन ।’ मूल्यबृद्धि फिर्ता नगरे मासु व्यवसायीलाई कानुनी दायरामा ल्याइने उनले चेतावनी दिएका थिए ।
कार्यव्रmममा व्यवसायीहरु गोविन्द तिम्सिना, सविना भट्टराई, निर्मल राजवंशी, कनक राजवंशी, अजित राजवंशी, मोहम्मद राजा शेख, नागरिक समाजका प्रतिनिधि केशव पाठक, जिल्ला पशु कार्यालयका इन्द्रदेव साह लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: