मास्क नलगाई लखरलखर हिँड्नेलाई सय रुपैयाँ जरिवाना

  प्रकाशित मिति
१४ श्रावण २०७७, बुधबार १७:५६


मेचीनगर, १४ साउन । मास्क नलगाई बजार, चोक र भेलामा लखरलखर हिँड्नेहरुलाई अब प्रहरीले समातेर ठाउँका ठाउँ एक सय रुपैयाँ जरिवाना तिराउने भएको छ ।

लकडाउन खुल्यो भन्दै सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र लापर्वाही तरीकाले हिँडडुल गर्ने उत्ताउलो प्रवृत्ति बढ्दै गएकाले प्रशासनले आम जनसमुदायकै स्वास्थ्य रक्षाका लागि जरिवाना तिराउने अप्रिय उपाय रोजेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना अध्यक्ष रहेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा सङ्कट व्यवस्थापन केन्द्रको बुधवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकले जरिवाना सम्बन्धी निर्णय गरेको हो ।

लकडाउन सकिए पनि कोरोनाको संक्रमण फैलिइरहेको अवस्थामा आम जनताको हितका लागि जरिवाना गर्ने निर्णय गर्नुपरेको प्रमुख जिल्ला अधिकारी रानाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार प्रहरीले मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई नियन्त्रणमा लिएर जरिवाना गराउनेछ र सङ्कलन भएको जरिवाना रकम सरकारी राजस्वमा दाखिला गर्ने थापाले बताए ।

स्थानीय प्रहरी इकाइले अनुगमन गरी यो निर्णयलाई जिल्लाभर कडाइका साथ लागू गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: