मास्टर र नेता उस्तै होइनन् गोविन्द सर

  प्रकाशित मिति
५ श्रावण २०७४, बिहीबार २२:२१


damodar
दामोदर ढुङ्गेल

लोकतन्त्र पोस्टको २०७४ साउन ५ गतेको अङ्कमा प्रथम पृष्ठमा प्रकाशित गोविन्द न्यौपानेद्वारा लिखित ‘मास्टर र नेता उस्तै हुन् त ?’ प्रश्नवाचक शीर्षक रहेको लेख उज्यालो नेटवर्कबाट प्रसारित नेपाल दर्पणमा दैलेखकी तुलसा शाहले आफ्नी छोरी छाउगोठमा सर्पको डसाइबाट मरेपछि गरेको आव्रmोश र ग्लानि मिश्रित अभिव्यक्ति हो । उक्त अभिव्यक्तिलाई नै शीर्षक राखेर गरिएको टिप्पणीका विविध कोण छन् बहसका लागि, जे होस् बहसको सुरुवात भएको छ । नियमित शारीरिक प्रव्रिmयालाई पनि अपराधका रुपमा स्वीकार गरी छोरीचेलीलाई छाउगोठमा राख्ने अनि सर्प तथा जङ्गली जनावरको आव्रmमणमा परेर जीवन गुमाउनु पर्ने यो समाचार सचेत नागरिकका लगि मुटुको शूल हो ।

बेथितिको भण्डार नै रहेको हाम्रो शिक्षा क्षेत्रमाथि खासै बहस गरिँदैन । शिक्षा क्षेत्रको विकृतिको कुरा सुरु गर्नेबित्तिकै पहिलो आव्रmमण शिक्षकलाई हुन्छ किनकि शिक्षकलाई आव्रmमण गर्दा शिक्षकबाहेक सबै खुसी हुन्छन् । जुन कुरा प्रवेशिका परीक्षापछि शिक्षकलाई गरिने गालीबाट प्रमाणित हुन्छ । शिक्षा क्षेत्रमा के शिक्षकमात्र छन् त ? उनीहरुमात्र हुन जवाफदेही ? शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यव्रmम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र, क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र त्यति मात्र होइन शिक्षा ऐन, शिक्षा नियमावली पनि छ । तर सारा दोष शिक्षकलाई मात्र किन ? म तुलसा शाहको अभिव्यक्तिमा केन्द्रित हुन चाहन्नँ किनकि उनको अभिव्यक्ति विश्लेषण गर्न उनको पृष्ठभूमि अध्ययन गर्न जरुरी छ । म त केवल उनको अभिव्यक्तिलाई आधार मानेर तपाईँले गरेको प्रश्नको जवाफ एक शिक्षक भएको कारण आत्मसन्तुष्टिका लागि दिँदैछु न कि तपाईँलाई कन्भिन्स गर्न ।

?????????????????????????????????????????????????????????

गोविन्द जी शिक्षक र नेता उस्तै होइनन् नेपालको सन्दर्भमा । तपाईँलाई मेरो जवाफ साथै अनुरोध पनि । भविष्यमा पनि यसैगरी बुझ्नुहोला । नेताले नीति निर्माण गर्छन् । नीति कार्यान्वयनको प्रव्रिmया पनि धेरै हदसम्म उनीहरुमै नियन्त्रित हुन्छ । नीति कार्यान्वयन एउटा प्रव्रिmया हो । त्यसका लागि राज्यले बाध्यता निर्माण गर्न सक्छ । नेताहरुको निर्देशनमा निर्मित (किनकि प्रत्येक राज्य व्यवस्था परिवर्तन हुँदा शिक्षा नीति, पाठ्यव्रmम र पाठ्यवस्तु परिवर्तन हुन्छन् र भएका छन् ।)

पाठ्यवस्तु कक्षाकोठामा उपलब्ध साधन स्रोत प्रयोग गरी शिक्षकले विद्यार्थीसमक्ष अन्तव्रिर्mया गर्छन् । त्यो अन्तव्रिर्mया चेतना निर्माण गर्ने माध्यम हो । चेतना निर्माण नीति कार्यान्वयन गरे जस्तो प्रव्रिmया होइन । चेतना निर्माणमा स्वयम् व्यक्ति उक्त कुरा स्वीकार गर्ने कि नगर्ने भन्नेमा स्वतन्त्र हुन्छ । त्यसपछि उसको परिवार, समाज अनि परिवार र समाजले दिने दबाब साथै परिवार र समाजले लामो समयदेखि अभ्यास गरेर प्रथाका रुपमा स्थापित सामाजिक समस्या पनि बाधक तत्त्वका रुपमा रहेका हुन्छन् । जस्तै ः (तपाईँलाई बुझाउन भन्ने नठान्नु होला ) जातीय छुवाछुत नयाँ मुलुकी ऐनले नै सामाजिक अपराध स्वीकार गरेको हो जुन आधा शताब्दी भइसक्यो । यस विरुद्ध पाठ्यपुस्तकमा पढाएको पनि त्यति नै समय भइसक्यो । त्योदेखि बाहेक सामाजिक सचेतनाका नाममा, सञ्चार माध्यमबाट समेत छुवाछुत हटाउन हामी प्रयास गरिरहेछौँ । तर किन निमिट्यान्न हुन सकेको छैन ? यसको दोष कसलाई दिने ? तर राज्यले यस्ता गलत प्रथा अभ्यास गर्नेलाई राज्यबाट दिइने सबै सेवा सुविधा वञ्चित गर्ने भनी कार्यान्वयन गर्ने हो भने सम्भव हुन्छ ।

गोविन्दजीको टिप्पणीमा सरकारले विद्यालय स्थापना गरिदियो, जनतालाई छोराछोरी स्कुल पठाउन अनिवार्य गर्यो, अभिभावकले छोराछोरी पठाए, शिक्षकले पाठ्यवस्तु पढाएपछि सबै समस्या समाधान हुनुपर्ने भन्ने आसय छ । मेरो प्रश्न ः अभिभावकले छोराछोरी विद्यालय पठाउँदैमा सबै सामाजिक समस्या समाधान भइहाल्छन् ? यसरी समस्या समाधान गर्न शिक्षकले सक्छ भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ? कि शिक्षकले सक्नुपर्छ भन्ने तपाईँको मत हो ? यदि त्यसो हो भने केवल शिक्षकले कक्षामा पढाएर मात्र यस्ता सामाजिक समस्या समाधान भएको इतिहास संसारमा कहीँ छ ? छ भने बताइदिनुहोस् ।

शिक्षक समाजको अगुवा र मार्गदर्शक पक्कै हो तर के पनि बुझ्नुपर्छ भने शिक्षकले विद्यार्थीहरुमा व्यवहार परिवर्तनका लागि उत्प्रेरक र सहयोगीको भूमिका खेल्छन् । शिक्षकहरुले विद्यार्थीहरुलाई परामर्श र निर्देशन गर्छन् तर वर्षाैँदेखि समाजले मान्यता दिएका सामाजिक कुरीति र समस्याहरु उसले कक्षा शिक्षणमा गरेका अभ्यासबाट मात्र किमार्थ समाधान हुँदैनन् । उसका प्रयासहरुले विद्यार्थीहरुमा प्रभाव पार्न सक्छन् । इतिहास हेर्ने हो भने केही अपवाद भेट्न सकिन्छ तर परम्परागत समाजले स्वीकार गरेका गलत संस्कार विरुद्ध सबै विद्यार्थीहरु विद्रोह गर्नसक्ने क्षमताका हुन्छन् भन्न सकिँदैन । विद्यालयको चार पर्खालभित्र विद्यार्थीहरुलाई कैद गरेर केवल पाठ्य सामग्रीका नाममा पाठ्यपुस्तकका माध्यमबाट नेताको निर्देशनमा निर्मित पाठ्यवस्तु शिक्षण गरेर शिक्षकले एकल प्रयासमा सामाजिक समस्या समाधान गर्न सक्दैन गोविन्दजी । त्यसैले फेरि पनि भन्छु मास्टर र नेता उस्तै होइनन । तलको भनाइ मनन गर्नुहुन ।

‘तपाईँ एउटा घोडालाई पानीको मुहानसम्म पुर्याउन सक्नुहुन्छ तर जबर्जस्ती पानी खुवाउन सक्नु हुन्न ।’

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: