मिक्लाजुङका हेडसरको गोली हानी हत्या, विप्लब कार्यकर्तामाथि शंका

  प्रकाशित मिति
२३ मंसिर २०७७, मंगलवार १२:३०


उर्लाबारी, २३ मंसिर । मोरङको मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको आज विहान गोली हानी हत्या भएको छ ।

प्रहरीले हत्यामा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्नता रहेको शंका गरेको छ ।

आज विहान ६ बजेतिर घरमा आएका ५/६ जना विप्लब कार्यकर्ताले ‘केही काम छ’ भनी अपहरण शैलीमा श्रेष्ठलाई जंगलतिर लगेको र जंगलमा हत्या भएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शब घरभन्दा एक हिलोमिटर टाढा जंगलमा भेटिएको थियो । मृतकको टाउकामा गोली लागेको छ ।

प्रहरीले घटना लगत्तै टोली परिचालन गरेर हत्यामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।

विप्लब समूहका तर्फबाट घटना बारे कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: