सहकारीमा अब दोहोरो सदस्यता रहदैँन : दाहाल

  प्रकाशित मिति
१५ पुष २०७७, बुधबार १६:४९


मिलनसारको साधारणसभा

झापा, १५ पुस । श्री मिलनसार वचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको आफ्नै सभाहलमा सञ्चालन भएको साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी बाँस्कोटाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लीराम दाहाल थिए ।

कार्यक्रममा प्रमुख अतिथी दाहालले कोपोमिसमा सहकारीको कारोवार देखाउने सहकारी विभागको निर्णय र कानुन वमोजिमका कामहरु यहि महिनाबाट बिर्तामोडमा सुरुवात गर्ने बताए ।

सहकारीहरु कोपोमिसमा समावेस भइसकेपछी सहकारीमा आम नागरिकहरुको दोहोरो सदस्यता नरहने गरीको काम सञ्चालन हुने पनि उनले जानकारी दिए ।

२०६६ सालमा ४१ जना शेयर सदस्यहरुबाट चार लाख १० हजार रकम संकलन गरि सहकारी स्थापना गरिएको थियो ।

यस आर्थिक वर्षमा संस्थाले गत आ.व.को शेयर रकम १ करोड ५८ लाख ७४ लाख ५ सयबाट ४४ लाख ८६ हजार ३ सय वृद्धि गरी २ करोड ३ लाख ६० हजार ८ सय पुर्याउन सफल भएको छ ।

जगेडा कोषमा गत आर्थिक वर्षमा २५ लाख ११ हजार ९ सय ८ रुपैयाँबाट ६ करोड ९५ लाख २२ हजार ५ सय ५४ रुपैयाँ वृद्धि गरि ३२ करोड ७ लाख १३ हजार ३ सय ५४ रुपौयाँ पुगेको छ ।

आ.व.०७५÷०७६ मा १५ करोड ५८ लाख १७ हजार १ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी १४ करोड ७० लाख ७९ हजार ३ सय ९५ रुपैयाँ निक्षेप फिर्ता गरि २ करोड ८६ लाख ६४ हजार ४ सय ५५ रुपैयाँ निक्षेप मौज्दात रहेको छ ।

त्यस्तै आ.व.०७६÷०७७ मा ११ करोड ११ लाख ५७ हजार ९ सय ३५ रुपैयाँ निक्षेप संकलन गरी ११ करोड ७ लाख २९ हजार ४ सय ४२ रुपैयाँ निक्षेप फिर्ता गरि २ करोड ९० लाख ९२ हजार ९ सय ४८ रुपैयाँ निक्षेप मौज्दात रहेको संस्थाले जनाएको छ ।

संस्थाका सचिव दिनोज वजगाईले सञ्चाल गरेको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष वसन्तप्रेमी राजभण्डारीले स्वागत गरेका थिए भने अध्यक्ष बाँस्कोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: