मिसा दबुको एक दिने उद्घोषक तालिम

  प्रकाशित मिति
१७ माघ २०७७, शनिबार १६:४७


।। गगन ढकाल ।।
मेचीनगर, १७ माघ । नेवा मिसा दबू मेचीनगर नगर समितिको आयोजनामा शनिबार एक दिने उद्घोषक तालिम सम्पन्न भएको छ ।

काँकरभिट्टा क्याम्पसको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रेजिना श्रेष्ठले गरेकी थिइन् ।

प्रमुख अतिथि मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित तामाङ थिए भने अतिथिमा देय दबूका जिल्ला अध्यक्ष दिनेश शाक्य उपस्थित थिए ।

कार्यक्रममा ३५ जना महिलाहरुलाई तालिम दिइएको थियो । तालिमको प्रशिक्षक तथा कार्यक्रमको संचालन उषा श्रेष्ठले गरेकी थिइन् ।

महिलाहरुलाई उद्घोषक तालिम दिएर सशक्तिकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको प्रशिक्षक उषा श्रेष्ठले वताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: