‘मिस टीन’ छानिँदै

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार १२:०६


 

12249879_1705645556324718_893072427642107642_n 12243439_1705645606324713_7076311037324549520_n 12289680_1705645772991363_3349933844179368237_n

विर्तामोड । रेडियो भिजन ९१.६ मेगाहर्जले सर्जक मञ्चसँग मिलेर किशोरीहरूको    गरेको छ ।

‘मिस टीन झापा २०१५’ नामाकरण गरिएको मोडलिङ प्रतियोगितामा पहिलो हुने प्रतिभाशाली किशोरीले आयोजकका तर्फबाट ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने भएकी छन् ।

फस्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि पाउने प्रतियोगीले समेत नगद पुरस्कार पाउने भएका छन् ।

आयोजकले पहिलो चरणको अडिसनबाट ¥याम्पमा उत्रिने २३ जना प्रतियोगीको छनोट गरिसकेका छन् । हिकोला हेरिटेजमा विहीवार दिउँसो पहिलो चरणको अडिसन भएको थियो । मंसिर १३ गते दोस्रो चरणको अडिसनबाट ७ जना थप प्रतिष्पर्धी छानिने सर्जक मञ्चकी अध्यक्ष लीला अनमोलले बताएकी छन् ।

झापामा ‘मिस टीन’ प्रतियोगिता हुन लागेको यो पहिलोपटक हो । किशोरीहरूमा रहेको बौद्धिक क्षमता प्रस्फुटन गराउने प्रतियोगिताको उद्देश्य रहेको रेडियो भिजनका प्रबन्ध निर्देशक एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेलले बताए ।

आगामी पुसको पहिलो सातातिर विर्तामोडमा प्रतियोगिताको भव्य ‘ग्रेन्ड फिनाले’ आयोजना गरिने पोखरेलले जानकारी दिएका छन् ।

झापामा केही बर्ष यता ‘ट्यालेन्ट शो’ गर्ने प्रचलन बढेको छ । धुलावारी जेसीजले बालवालिका सहभागी गराएर त्यस्तै प्रतियोगिता गर्दै आएको छ भने ‘मिस राजबंशी’ लगायतका अन्य प्रतियोगिता समेत बर्षेनी आयोजना हुँदै आएका छन् ।

झापाकै इतिहासमा पचासको दशकतिर आयोजना भएको पहिलो सौन्दर्य प्रतियोगितामा बबिता पौडेल र निरज बराल व्रmमशः ‘मिस झापा’ र ‘मिस्टर झापा’ भएका थिए । त्यसपछि थुप्रै पटक यस्ता प्रतियोगिता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: