‘मिस पूर्व’लाई ‘भेस्पा स्कुटर’ दिइने

  प्रकाशित मिति
११ श्रावण २०७३, मंगलवार ०९:०५


vespa girlविर्तामोड । विर्तामोडको पोजिटिभ मिडिया इभेन्ट्सको व्यानरमा ‘मिस पूर्व आइकन–२०१६’को आयोजना हुने भएको छ ।

अहिलेसम्म भएका सौन्दर्य प्रतियोगिताभन्दा फरक र प्रेरक हुने भन्दै आयोजक संस्थाले सोमवार विर्तामोडको मुन टावर होटलमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गरेको छ ।

पोजिटिभ मिडियाका मेनेजिङ डाइरेक्टर गोपाल अधिकारीले राजधानीमा आयोजना हुने स्तरकै आकर्षक र व्यवस्थित रुपमा प्रतियोगिता सञ्चालन हुने बताएका छन् ।

‘हामी पैसा कमाउन यो कार्यक्रम गरिरहेका होइनौँ’, उनले पत्रकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिदै भने–‘झापाको नाक (इज्जत) राख्न चाहन्छौँ ।’ उनले बोलेर होइन गरेरै देखाउने प्रतिबद्धता समेत जनाए ।

साउन १७ गतेबाट अडिसन सुरु हुने र त्यसबाट छानिएका २० जना प्रतियोगीलाई २० दिने बन्द सत्रको तालिमपछि ग्रयान्ड फिनालेको र्याम्पमा उतारिने आयोजक पक्षले जनाएको छ ।

आयोजकले प्रतियोगीबाट अडिसन शुल्क वापत एक हजार रुपैयाँ बाहेक अरु केही रकम नअसुल्ने बताएका छन् । ‘यहीबाट प्र्रमाणित हुन्छ कि पैसा कमाउने हाम्रो उद्देश्य होइन’–पोजिटिभ मिडियाका मेनेजिङ डाइरेक्टर पोखरेल भन्छन् ।

साउन १७ गते विर्तामोडमा, १८ गते धरानमा, १९ गते इटहरीमा, २० गते दमकमा र २१ गते इलाममा अडिसन हुने बताइएको छ ।
अडिसनमा नायिका सुश्मा अधिकारी, सुशिल नेपाल र रोमी खड्गी निर्णायक रहने भएका छन् । प्रतियोगिताको कोरियोग्राफी रोमी खड्गीले गर्ने छन् ।

प्रतियोगिताका विजेतालाई भेस्पा स्कुटर, दोस्रोलाई ५० हजार रुपैयाँ नगद र तेस्रोलाई ३० हजार रुपैयाँ नगद पुरस्कार दिइने भएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रोगाम कोअर्डिनेटर, सल्लाहकार बलदेव गोम्देन, सल्लाहकार राजुजङ्ग कन्दङ्वा, मिस टीन झापा स्मृति ओली, सल्लाहकार दिपेन्द्र चौधरी, सरोज जोशी, मीरा अधिकारी, टहलदास ओली लगायतको उपस्थिति रहेको थियो ।

(२०७३ साउन ११ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: