मीराले जितिन् ः साहसी वर्ष व्यक्ति

  प्रकाशित मिति
१४ माघ २०७३, शुक्रबार १३:०५


Mira-Rai

काठमाडौँ  । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् ।

नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल भएकी हुन् ।

विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उनलाई छनोट गरिएको थियो ।

भोजपुरमा जन्मनुभएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: