मुख्यमन्त्रीको गृहजिल्लामा परालको ओछ्यानमा स्लाइन चढाएर वृद्धको उपचार

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार १८:२७


।। अर्जुन आचार्य ।।
झापा, १० मङ्सिर । सरकारले कोही पनि जनता उपचार नपाएर मर्नु नपर्ने बताइरहेको छ । तर, भोजपुर षडानन्द नगरपालिका वडा नं. ३ खार्तम्छा चिचिला निवासी ७५ वर्षीय रामबहादुर राई भने भरपर्दो उपचारको अभावमा जीवन र मरणको दोसाँधमा पुगेका छन् ।

दशैं अगाडिदेखि सामान्य बिरामी भएका उनको अहिले स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरिरहेको छ ।

तर उनको ओड्ने खास्टोबाहेक ओछ्याउने तन्ना पनि छैन । राईलाई परालमा राखेर स्लाइन पानी दिएको फोटो सामाजिक अभियान्ता झकिन्द्र खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

खार्तम्छा जनस्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट तारानाथ भट्टराईले वृद्ध राईलाई घरबाट छिमेकी बोधिमाया तामाङको घरछेउको कटेरोमा सारेर उपचार भइरहेको जानकारी दिए ।

‘अहिले फोटोमा देखिएको अवस्था भनेको हामीले सुधार गरेर, खिचेका हौं,’ भट्टराईले भने, ‘उनको खास घरको अवस्था यस्तो पनि छैन, धेरै कमजोर अवस्था छ ।’

राईको एक जना छोरा छन् । तर, उनी पनि सुस्त मनस्थितिको भएको भट्टराईले बताए ।

उपचार पछि अहिले स्वास्थ्यमा केही सुधार आएको भए पनि जोखिम नटरेको उनले बताए ।

कुनै राम्रो संस्थाले लगेर रेखदेख गर्ने व्यवस्था मिलाउनु पर्ने स्थानीयको माग छ ।

अभियन्ता खतिवडाले आफ्नो नेतृत्वको भोजपुर सेवा समाज इजरायलले केही सहयोग गर्न चाहेको बताए ।

राईको उपचारको सहयोगका लागि वडा कार्यालयले भने केही सहयोग गरेको भट्टराईले बताए ।

(स्रोत : हाम्रो मत)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: