मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

  प्रकाशित मिति
१७ श्रावण २०७९, मंगलवार १२:१६


बिराटनगर, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ ।

सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यसैगरी, पूर्वमन्त्री अग्नी खरेललाई पनि केही दिन अघि कोरोना संक्रमण भएको छ ।

उनी हाल होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantr[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: