मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्बोलाई गरे पदमुक्त

  प्रकाशित मिति
११ पुष २०७७, शनिबार १९:२३


झापा, ११ पुस । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई शनिबार पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव तयारी हुँदै गर्दा आफूलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्री आङ्बोले जानकारी दिए ।

उनले भने, ‘अविश्वासको प्रस्ताव तयार हुँदै गरेको थाहा पाएर होला मलाई पदमुक्त गर्नु भएछ ।’

अविश्वासको प्रस्तावको प्रस्तावक बन्न सजिलो भएको आङ्बोको भनाइ छ ।

नेकपाभित्र देखिएको दुई धारको प्रत्यक्ष असर अहिले प्रदेश सरकारहरुमा पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: