मुगु सीमा नाका मिचिएको छैन : अध्ययन टोली

  प्रकाशित मिति
२३ आश्विन २०७८, शनिबार ०७:२४


मुगु, २३ असोज । मुगु जिल्ला र उत्तरी नाका चीनसँग जोडिएको नाक्चेलाग्ना सिमाना नमिचिएको एक अध्ययन टोलीले प्रतिवेदनमार्फत जानकारी दिएको छ ।

टोलीले नेपाल र चीनमा रहेको १३ नम्बरको सीमा पिल्लर रहेको नाक्चेलाग्ना सीमा स्तम्भ नमिचिएको बताएको हो । यो स्तम्भ समुद्री सतहदेखि चार हजार ९८६ मिटरको उचायमा अवस्थित छ ।

सदरमुकाम गमगढी बजारदेखि सीमा नाका सम्म ९२ किलोमिटर छ । पैदल यात्रा गरेर चार दिन लाग्ने यस सीमा नाकासम्म पुगेर अध्ययन गर्दा कुनै पनि सीमा नमिचिएको अध्ययन टोलीको निष्कर्ष छ ।

गत ३० भदौदेखि ५ असोजसम्म सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा गएको टोली र नेपाल सशस्त्र प्रहरीले अध्ययन गर्दा र विगतमा गरिएको अध्ययन टोलीको प्रतिवेदनअनुसार नेपाल र चीनसँग  जोडिएको नाक्चेलाग्ना स्थानमा रहेको १३ नम्बर पिल्लर र अन्य भूमि नमिचिएको अध्ययन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: