मुटु रोगीको याचना

  प्रकाशित मिति
१७ चैत्र २०७२, बुधबार १३:०१


विर्तामोड । झापा शनिअर्जुन–९ सालबारीका मुटुरोगी तिलोचन खनालले सहयोगको याचना गरेका छन् । बुधवार पत्रकारसँगको भेटमा आर्थिक अवस्था कमजोर रहेका ३५ वर्षीय खनालले सहयोगको याचना गरेका हुन् ।

विगत सात वर्षदेखि उनी मुटु रोगबाट ग्रसित छन् । ०६५ सालमा मोटरसाइकल दुर्घटनामा परेपछि स्वास्थ्य जाँचका व्रmममा मुटुमा समस्या रहेको डाक्टरले बताएपछि थाहा पाएको उनले बताए । सोही समयदेखि उनले डाक्टरकै सल्लाह बमोजिम औषधि सेवन गर्दै आएका छन् । ‘डाक्टरले औषधि खाँदा निको हुन्छ भनेको थियो’, खनालले भने, ‘औषधि खा’को सात वर्ष भयो, तर व्यथा बढेको बढ्यै छ ।’

हालै धरानको घोपामा चेकजाँच गर्दा तुरुन्तै मुुटुको एउटा भल्ब फेर्नुपर्ने र अर्को सफा गर्नुपर्ने डाक्टरले बताएपछि उनको परिवारमा दुःखको बाढी आएको छ । दुई महिनाभित्र भल्ब फेरिसक्नुपर्ने डाक्टरले बताएको उनले सुनाए । उनको उपचारमा करिब ६ लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले बताएको उनकी श्रीमती कमलाले बताइन् । घरमुली नै थलिएपछि घरमा खुसी हराएको कमलाले सुनाइन् ।

तिलोचनको एक्लो कमाइले उनको चार जनाको परिवारको लालनपालन हुँदै आएको छ । स्थानीय सरकारी विद्यालय महारानीगञ्ज मावि सालबारीमा उनका दुई छोरा अध्ययनरत छन् । सालबारीमा डेरा गरी खनाल परिवारको नाममा जग्गा छ, ओत लाग्ने ठाउँ । विर्तामोडस्थित बजरङ्ग मेडिकल हलमा काम गर्दै आएका उनी दुई सातादेखि काममा आउन सकेका छैनन् ।

आर्थिक अवस्था नाजुक भएकाले बेलैमा राम्रो उपचार गर्न नसकेको तिलोचन बताउँछन् । ‘कमाएको पैसा घर व्यवहारमै ठिक्क हुन्थ्यो’, उनले भने, ‘उपचार गर्ने पैसा कहाँ पाउनु ।’ उनले आफ्नो उपचारका लागि सहयोग गरिदिन सहयोगी मनहरूलाई गुहारेका छन् ।

हाल उनका छिमेकीले समेत उनको उपचारका लागि गाउँघरमा रकम जुटाइरहेका छन् । हालसम्म २५ हजार रुपैयाँ गाउँलेले सहयोग उठाएर दिएका छन् । त्यही रकम लिएर उनी बिहीवार काठमाडौँस्थित गङ्गाला हृयद रोग निवारण केन्द्र जाँदैछन् । उनको उपचारका लागि सहयोग गरिदिन शनिअर्जुन नगरपालिकाले समेत सिफारिस गरिदिएको छ ।

तिलोचनको उपचारको सहयोगका लागि कमलाको नाममा रहेको नेपाल बैङ्कको खाता नम्बर ०८८–१०–१३२४२१ मा पनि रकम जम्मा गर्न सकिनेछ । साथै, सहयोगी दाताले तिलोचनको मोबाइल नम्बर ९८४२७५३१२७ र ९८१४९५९४२३ मा सम्पर्क गरेर पनि रकम दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: