कांग्रेसको ‘स्वास्थ्य महोत्सव’ मेचीनगरमा

  प्रकाशित मिति
२९ मंसिर २०७३, बुधबार १०:३१


patrakar-samlelan-o-pic-1
मेचीनगर । अहिलेसम्म कृषि, पर्यटन, व्यापार, उद्योग जस्ता विषयमा मात्र महोत्सव हुने गरेको थियो । तर मेचीनगरमा मुलुकमै पहिलोपल्ट स्वास्थ्य महोत्सवको आयोजना गरिने भएको छ ।

आगामी माघ ८ देखि १५ गतेसम्म सञ्चालन हुने ‘प्रथम स्वास्थ्य महोत्सव–२०७३’ नाम दिइएको सो कार्यक्रमको आयोजक कुनै एनजीओ वा हस्पिटल होइन । अपत्यारिलो लाग्न पनि सक्छ–यसको आयोजक एउटा राजनीतिक दल रहेको छ । अर्थात् नेपाली काङ्ग्रेसले यस्तो सेवामुखी रचनात्मक कार्यमा कदम अघि बढाएर अरु राजनीतिक दललाई समेत सिर्जनात्मक बन्न प्रेरणा दिएको छ ।

मङ्गलवार अपरान्ह मेचीनगर–१२ इटाभट्टास्थित एफएम मेची ट्युन्स पश्चिमको खाली जग्गामा काङ्ग्रेसले पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिएको छ ।

नेपाली काङ्ग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा महोत्सवको अवधारणा प्रस्तुत गर्दै अब राजनीतिक दलहरूले कोरा सिद्धान्त र फोस्रो आश्वासनमा जनतालाई भुल्याउन छाडेर आम मानिसलाई प्रत्यक्ष लाभ पुग्ने रचनात्मक अभियान सञ्चालन गर्न जरुरी भएको बताए ।
दलहरूको सञ्चालन पद्धतिमा नयाँपन जरुरी भएको दोहोर्याउँदै नेता शर्माले स्वास्थ्य महोत्सवको सोच नेपाली काङ्ग्रेसले ल्याए पनि यसबाट सबै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

पार्टीका नगर सभापति इन्द्र बुढाथोकीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पार्टीका झापा जिल्ला उपसभापति राम कट्टेलले केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले दिएको अवधारणामा आधारित भएर स्वास्थ्य महोत्सव गर्न लागिएको बताउँदै यसलाई सफल तुल्याउन सबै राजनीतिक पार्टी र खासगरी सञ्चारकर्मीहरूको सहयोग आवश्यक हुने धारणा प्रकट गरे ।

पार्टीका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले महोत्सव सफल पार्न ५ सय ३७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिदै मूल समितिको संयोजकमा इन्द्रबहादुर बुढाथोकी, अनुगमन तथा सुझाव सङ्कलन समितिमा सांसदद्वय नरेन्द्रविक्रम नेम्वाङ र उषा गुरुङ, जिल्ला उपसभापति राम कट्टेल, जिल्ला सचिव प्रेम सम्वाहाम्फे, यामप्रसाद भण्डारी, अशोक पोखरेल, तमर राई र केदार ढकाल रहेको बताए ।

पार्टीका झापा क्षेत्र नं. १ का क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । पुष्पराज पौडेलको संयोजकत्वमा महोत्सवको सचिवालय व्यवस्थापन रहने र त्यसको सहजीकरण मणिकुमार उप्रेतीले गर्ने भएका छन् ।

सचिवालय व्यवस्थापनमा हर्क फ्याक, सुरेन राजबंशी, हरि बुढाथोकी, खड्ग धिमाल, बुद्ध तिवारी, हस्त आङ्देम्बे र ज्ञानेन्द्र निरौला सदस्य रहेका छन् ।
आर्थिक व्यवस्थापन संयोजकमा विमल आचार्य र सदस्यमा केशवराज पाण्डे, विजय डालमिया, पङ्कजविक्रम नेम्वाङ, मोहन निरौला र पुनित वङ्शल रहेका छन् ।
महोत्सवमा हुने प्यानल डिस्कसनमा ‘हरेक नेपालीको स्वास्थ्य विमा कहिलेदेखि र कसरी’ विषयक संयोजक तेजप्रसाद चौलागाइँ, ‘स्वस्थ समाजका लागि दूव्र्यसनबाट मुक्त समाज’ विषयक संयोजक दिलीप सुवेदी, ‘स्वास्थ्यका लागि वातावरण र पर्यटन’ विषयक संयोजक रमेश दाहाल, ‘रोग–अनुभव र अनुभूति’ विषयक संयोजक ज्ञानेन्द्र निरौला, ‘सुरक्षित जीवनका लागि सुरक्षित सवारी’ विषयक संयोजक दुर्गा सापकोटा, ‘स्वास्थ्यसँग साहित्य’ विषयक संयोजक मिलनकुमार ढुङ्गाना र ‘स्वास्थ्यका लागि सुरक्षित मातृत्व’ विषयका संयोजक शान्ति निरौला र दुर्गा खतिवडा रहेका छन् ।

मेचीनगर काङ्ग्रेसले महोत्सव सफल बनाउन फिल्ड व्यवस्थापनमा विजय डालमिया, गाविस समन्वय तिलक गिरी, सांस्कृतिक प्रस्तुतिमा रुपसागर अधिकारी, रक्त समूह वर्गीकरणमा अजय घिमिरे, हाजिरीजवाफमा केशव पोख्रेल, यातायात व्यवस्थापनमा गोपाल शिवाकोटी, रक्तदानमा रमेश दाहाल, खेलकुदमा राजु महर्जन, सुरक्षा एवम् स्वयम्सेवकमा गोपाल तामाङ, सरसफाईमा नवराज खनियाँ, पानीमा सूर्य उप्रेती, ल्यावमा राम मगर, प्रविधिमा दलबहादुर विक, अतिथि सत्कारमा दुर्गा खतिवडा, आवासमा ललित तामाङ र सङ्घ संस्था समन्वयमा चन्दन मेचेलाई संयोजक तोकेको छ ।

प्रचार समन्वयका लागि आदिवासी जनजातिमा हर्क फ्याक, दलितमा द्रोण वागदास, महिलामा रचना घिमिरे, मुस्लिममा अमिन अली शेख, मधेशीमा रामजुलुम चौधरी, मारवाडीमा ललित अग्रवाल र अपाङ्ग क्षेत्रमा धर्मराज घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

प्यानल डिस्कसनका लागि सहजकर्तामा अशोक पोखरेल, तारावीर कटुवाल, सोम खनाल, अनुप कार्की, शरद शिवाकोटी र छविलाल खतिवडा तोकिएका छन् ।
आर्थिक समितिका सदस्य विजय डालमियाले महोत्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने बताएका छन् ।

महोत्सवस्थलमा सातै दिन मुटु, किड्नी, आँखा, स्त्रीरोग लगायतका विशेषज्ञ डाक्टरहरूको सेवामा निःशुल्क स्वास्थ्य शिविर र त्यसलाई सपोर्ट गर्न ल्याव, रक्त वर्गीकरण मेशिन लगायतका जाँच उपकरणहरू राखिने तयारी गरिएको आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा पार्टीका विभिन्न तहका नेताहरू विमल आचार्य, भरत सुब्बा, विजय डालमिया, रचना घिमिरे, डम्बरकुमारी थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: