मुस्लिम अगुवा मसरुद्दिन रहेनन्

  प्रकाशित मिति
५ पुष २०७४, बुधबार १२:०५


 


सुरुङ्गा । मुस्लिम समुदायको हक र हितका लागि निरन्तर सङ्घर्षशील मसरुद्दिन अन्सारीको आइतवार निधन भएको छ ।

झापा टाघनडुब्बा निवासी अन्सारी लामो समयदेखि दुबै मिर्गौला खराब भएका कारण विरामी थिए ।
नेपाल मुस्लिम नागरिक समाजका अध्यक्ष रहेका अन्सारीले नेपालमा मदरसा स्थापना र लोकतान्त्रिक आन्दोलनमा समेत उल्लेखनीय योगदान पुर्याएका थिए ।

मिर्गौला रोगी भएपछि समेत उनी सम्पूर्ण नेपालीहरुले मिर्गौला रोगको निःशुल्क उपचार पाउनु पर्ने माग गर्दै आन्दोलित थिए । उनी मिर्गौला पीडित सरोकार समाजका केन्द्रीय सदस्य थिए ।

झापाका मुस्लिम अगुवा सादिक अन्सारीका अनुसार मसरुद्दिन एक सादा जीवन उच्च विचारका धनी व्यक्ति थिए । उनको निधनले मुस्लिम समुदायमा अधिकारका लागि लड्ने एक योद्धाको ठूलो रिक्तता भएको सादिक बताउँछन् ।

मुस्लिम धर्मावलम्बी भएर पनि उनी नेपालमा हिन्दुहरुसँग मुस्लिम समुदायको भ्रातृत्वको सम्बन्ध रहनु पर्ने अभियन्ता थिए । उनले नेपालमा गौहत्या गर्न नहुने हिन्दुवादी अभियानमा समेत सहभागी भएर चर्चा पाएका थिए ।
…………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: