मेचीनगर, ३ असोज । स्वास्थ समाजका लागि सामाजिक अभियानद्वारा दुई जना मृगौला पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
मेचीनगर–९ कि कक्षा ११ मा अध्यनरत धुलाबारी माविकी छात्रा अरिस्ता परियारको दुबै मृगौलाले काम गर्न छाडे पछि हाल ओमसाइ पाथीभरा हस्पिटल भद्रपुरमा हप्ताको दुई पटक डाइलोसिस गर्दै आएको आमा लक्ष्मी परियारले बताएकी छिन् ।
उनलाई आफन्तबाटै मृगौला दान गरिने भएको हुँदा ठुलो खर्च लाग्ने भएकोले आफूसँग भएको आर्थिक सकिएकोले छोरीलाई सबैमिलि बचाइ दिन आह्वान गरेकी थिइन् ।
त्यस्तै बिर्तामोड–६ का बुद्धराज सुब्बाको पनि उस्तै पीडा रहेकोले उनको पनि बिर्तासिटी हस्पिटल बिर्तामोडमा डाइलोसिस गरिरहेका छन् ।
उनलाई पनि आफन्तले मृगौला दान गर्ने निश्चित भएकोले प्रत्यारोपण गर्न आर्थिक नभएकोले सहयोगको आह्वान गरिएको अभियानका संयोगजक गणेश ढुंगाना बताए ।
बिर्तामोड–६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवामार्फत र नेपाल दलित संघ झापाका उपाध्यक्ष ध्रुव कनालमार्फत पीडितलाई अभियानका सामाजिक व्याक्तित्व शेरबहादुर थापा, महेन्द्र प्रसाई, सुनिता धिमाल, जगतबहादुर मगर, जीवन दर्नालले दुबै मृगौला पीडितलाई जनहि १०÷१० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकोे सञ्चारकर्मी रन्जित परियारले जानकारी दिए ।