मृगौला पीडित पत्रकार मायालाई नारी सञ्चार गृहको सहयोग

  प्रकाशित मिति
१२ पुष २०७४, बुधबार १२:०५


झापा । दुबै मृगौला ड्यामेज भएर उपचारको क्रममा रहेकी बरुण  सप्ताहिककी सम्पादक माया पकुवाललाई नारी सञ्चार गृह झापाले १० हजार रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपणका लागि जान लागेकी पकुवाललाई सञ्चार गृहले बुधबार विहान उनकै निवासमा पुगेर सहयोग प्रदान गरेको हो ।
उपचारमा सहयोग पुर्याउने उद्देश्यले नारी सञ्चार गृह झापाकी अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, कोषाध्यक्ष सुशीला संग्रौला, सदस्यद्वय रेजिना गौतम र लीला अनमोलले बुधबार विहानै उनकै निवासमा पुगेर सहयोग हस्तान्तरण गरेका थिए । पकुवाल नारी सञ्चार गृहकी सदस्य हुन् ।

पकुवाल बुधबार विहान नेपाल एयरलाइन्सबाट काठमाडौं गएकी छिन् । पकुवाललाई उनका जेठाजु सौरव प्रधानले एउटा मृगौला दिने भएका छन् ।

१५ बर्षदेखि झापामा रहेरै पत्रकारिता गर्दै आएकी ४६ बर्षीया पकुवालको मृगौलामा गत बैशाखदेखि समस्या आएको उनका पति सञ्जय श्रेष्ठले बताए ।

टाउको दुख्ने र रिङ्टा चल्ने समस्या आएपछि २०७४ बैशाखमा पकुवाल धरानस्थित वीपी मेमोरियल अस्पतालमा उपचारका लागि गएकी थिइन् । उपचारमा संलग्न चिकित्सकले मृगौलामा समस्या देखिएको बताउँदै उनलाई औषधि खान सुझाव दिएका थिए ।

औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मृगौला प्रात्यारोपण गर्न सल्लाह दिएको पति सञ्जयले बताए । चिकित्सको सल्लाह बमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि माया गएकी छिन् ।

हालसम्म ५ लाख बढी रुपैयाँ खर्च भइसकेको मायाको उपचारमा सहयोगका लागि परिवारले अपील गरेको छ । उनको उपचारमा १२ लाख रुपैयाँ खर्च लाग्ने पति सञ्जयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: