नेवाः दय दवुले दियो पत्रकार मायालाई रु.११ हजार सहयोग

  प्रकाशित मिति
२९ पुष २०७४, शनिबार १४:३०


मेचीनगर । दुवै मृगौला ड्यामेज रहेकी पत्रकार माया पकुवालको उपचारका लागि नेवाः दय् दवु जिल्ला समितिले ११ हजार रुपैयाँ प्रदान गरेको छ ।

शनिवार धुलाबारीमा समितिले आयोजना गरेको पुरोहित तालिमको समापनको अवसरमा समितिका अध्यक्ष दिनेश शाक्यले नारी सञ्चार गृहकी सचिव अम्बिका भण्डारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

हाल भद्रपुरबाट प्रकाशित हुने बरण साप्ताहिककी सम्पादक पकुवालको डाइलोसिस भइरहेको छ । उनको यही माघमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपणको तयारी भइरहेको उनको श्रीमान सञ्जय श्रेष्ठले बताए । उनलाई श्रीमान सञ्जयका दाजु सौरभ श्रेष्ठले एउटा मृगौला दान दिने भएका छन् ।

हप्तामा दुई पटकसम्म डाइलोसिस सेवा लिइरहेकी पकुवाल शनिवार मात्र भद्रपुरस्थित निजी निवास फर्किएकी छिन् । केन्द्रमा विरामीको चापका कारण डाइलोसिस सेवामा समस्या भएकाले मेची अञ्चल अस्पताल भद्रपुरमै सो सेवा लिनका लागि उनी झापा आएकी हुन् । यही मागको दोस्रो हप्ताभित्रमा पुनः प्रत्यारोपणका लागि काठमाडौं फर्किने पत्रकार मायाले बताइन् ।

नारी सञ्चार गृहमार्फत पत्रकार पकुवाललाई विभिन्न संघ संस्था तथा मनकारी व्यक्तिहरुले सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: