दुहागढी १९ पुस । दुवै मृगौला खराब भएका दुहागढीका राजन मैनालीलाई बचाउन गठन गरिएको राजन मैनाली बचाउ समितिले उपचारको हिसाब किताब सार्वजानिक गरेको छ ।
समितिको पहलमा विभिन्न सङ्घ संस्था एवम् दाताहरुबाट १२ लाख ३८ हजार २ सय ३५ रुपैयाँ सहयोग स्वरुप प्राप्त भएको र सो मध्ये उपचारमा १२ लाख २४ हजार ५ सय ४ रुपैयाँ खर्च भई बचत रहेको १३ हजार ७ सय ३१ रुपैयाँ थप उपचारका लागि परिवारलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिएका छन् ।
मृगौला प्रत्यारोपण गरिएको बर्ष दिनको अवसरमा हिसाबकिताब सार्वजानिक गर्दै समितिले सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुका साथै सामान्य आर्थिक अवस्था भएका पीडित मैनालीलाई नियमित औषधी सेवन गर्न कठिनाई भएको हुँदा थप सहयोगका लागि समेत अनुरोध गरेका छन् ।