मृतकका परिवारद्वारा छानविनको माग

  प्रकाशित मिति
९ बैशाख २०७६, सोमबार १८:२१


मेचीनगर । काँकरभिट्टाको सिभिल गजल बारको कोठामा मृत भेटिएका प्रकाश ढुङ्गानाको परिवारले घटना सन्देहास्पद भएको भन्दै छानविनको माग गरेको छ ।

भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नं. ६ का ३७ वर्षीय ढुङ्गानालाई गजल बारको कोठामा शुक्रवार राति झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ ।

कपडाको व्यापार गर्ने उनी केही दिन अघि काठमाडौंबाट लुकीछिपी काँकरभिट्टा आएर गजल बारमा बस्दै आएका थिए ।

मृतकका काका नेत्र ढुङ्गानाले घटना सन्देहास्पद लागेको हुँदा परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टामा छानविनका लागि जाहेरी दिएको लोकतन्त्र पोस्टसँग बताए ।

‘हामी मृतकको शब लिएर काठमाडौं गइरहेका छौं’, आइतवार दिउँसो उनले भने–‘कि उ मारिएको हो, कि उसलाई मर्ने निर्णयमा पुग्न बाध्य बनाइयो भन्ने हाम्रो आशङ्का हो ।’

काठमाडौंमा व्यापारिक साझेदारहरुसँग विवाद भएपछि प्रकाश ढुङ्गाना विराटनगर हुँदै झापा आएकोे बताइएको छ । उनलाई साझेदारहरुले लाखौं रुपैयाँ लिएर भागेको भन्दै पछ्याइरहेको परिवारको दावी छ ।

‘टि टेबुलमा दुबै घुँडा टेकेको अवस्थामा शब भेटिएको थियो’, मृतकका काका नेत्र ढुङ्गाना भन्छन्–‘प्रहरीले गम्भीर भएर छानविन गरोस् भन्ने हाम्रो माग हो ।’

प्रहरीले ढोका फोडेर शब निकालेको र छेउमा टेलिफोन नम्बर लेखिएको कागजका पाना भेटिएको जनाएको छ । परिवारका सदस्यहरुले मृतकको साथमा रहेको मोवाइल फोन सिम फालिएको र फोन समेत रि–सेट गरिएको अवस्थामा भेटिएको दावी गरेका छन् ।

काठमाडौंबाट हराउने वित्तिकै परिवारका सदस्यहरुले जावलाखेल प्रहरीमा प्रकाश ढुङ्गानालाई खोजी पाउँ भनी निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: