मिर्गौला रोगले मृत्यु : कोरोना त्रासले शव बोक्ने मलामीले पनि लगाए पीपीई

  प्रकाशित मिति
१ असार २०७७, सोमबार १५:४१


 

।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर–११ स्थित धाइजनमा सोमवार मृत्यु भएका एक जना पुरुषको कोरोना भएको आशंकामा गाउँले ६ घण्टापछि मात्र परिवारलाई लास उठाउन दिएका थिए ।

धाइजनका ६१ वर्षीय कार्की थरका एकजना पुरुषलाई मिर्गौला खराव भएर गत शुक्रबार नोवेल अस्पताल विराटनगरबाट घरमा ल्याएका थिए । उनको आज विहान ८ वजे घरैमा मृत्यु भएको थियो ।

गाउँलेले उनको शवलाई कोरोनाको आशंका गरेर अन्त्यष्टि गर्न दिएका थिएनन् ।

वडा नम्बर ११ का वडाध्यक्ष सन्तोष मेचेले पनि कोरोनाको आशंकामा गाउँलेको कुरा सुनेर विहान कार्कीको घर सिल गरेका थिए ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले नगरको स्वास्थ्य शाखालाई शवको व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

नगरको स्वास्थ्य शाखाको अगुवाईमा धाइजन स्वास्थ्य चौकी ईन्चार्ज कविता निरौलासहित टोलीले घरमा पुगेर नोवेल अस्पतालको रिपोर्ट चेकजाँच गर्दा दुवै मिर्गौला खराव भएको र कोरोना नभएको पुष्टि गरेपछि गाउँलेले ६ घण्टापछि लासलाई सदगत गर्न दिएका थिए ।

‘नोवेल अस्पतालको रिपोर्ट र्हेदा कोरोना भएको देखिन्दैन’, नगरको स्वास्थ्य शाखाकी प्रमुख शशिकला राईले भनिन्–‘दुईवटै मिर्गौला खराव भएको रहेछ । गाउँलेलाई सबैकुरा बताएपछि मात्र अन्त्यष्टि गर्न दिएको छ ।

उनको आज पीसीआर गर्ने तयारी थियो । विहानै मरेपछि किन पीसीआर गर्ने भनेर गरेनौँ ।’

नगरपालिकाले ४ जना गाउँलेलाई पीपीई, पन्जा र मास्क दिएपछि शव उठाएर शदगत गरिएको थियो । नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती, क्वारेन्टाइन समन्वय समितका संयोजक नविन बराल, वडाध्यक्ष मेचे, नगरपालिका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, डीएसपी राजेन्द्र पोखरेल लगायतले गाउँलेलाई सम्झाएका थिए ।

कार्की भारतीय आर्मी हुन् । उनी लकडाउन अघि पेन्सन थाप्न बागडुग्रास्थित हात्तिसारको पेन्सन अफिसमा गएका थिए । लकडाउन भएपछि उतै छोरीज्वाईको घरमा बसेका थिए । धुम्रपानको अलिकबढी लत रहेछ । रक्सी धेरै खाएर विरामी परेको स्वास्थ्य शाखाको भनाई छ ।

विरामीकै अवस्थामा एकहप्ता अघि भारतबाट मेचीपुल हुँदै बिर्तामोड स्थित मनमोहन अस्पताल एम्बुलेन्समा हालेर ल्याइएको थियो ।

मनमोहनले उपचार गर्न नसक्ने भएपछि नोवेल अस्पताल पठाइ दिएको थियो । नोवेल अस्पतालमा पनि उपचार सम्भव नभएपछि घरै लान चिकित्सकले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: