बर्षाका कारण एक वेपत्ता, एकको मृत्यु

  प्रकाशित मिति
९ श्रावण २०७३, आईतवार १४:३८


भद्रपुर, ९ साउन । अविरल वर्षाका कारण झापामा आइतबार गोलधाप गाविस– ९ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बूको खेतमा चिप्लिएर मृत्यु भएको छ ।

निजको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच गौरादह नगरपािलका–५ निवासी ३६ वर्षीय टेकेन्द्रबहादुर खड्का नजिकैको देउरिया खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका छन् । उनको खोजी गौरादह प्रहरीले गरिरहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: