अन्तर्राष्ट्रिय कोच सौन्दर्य प्रतियोगिता

  प्रकाशित मिति
२ पुष २०७५, सोमबार १६:३६


हेरोलिन कोच सदाप

मेचीनगर । झापाको मेचीनगरमा भएको ‘मिस कोच इन्टरनेसनल २०१८’ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् ।

झापा मिडिया हाउसको आयोजनामा शनिवार साँझ भएको प्रतियोगितामा मेघालयकी सदापले उपाधिसँगै एक लाख रुपैयाँ नगद, होटल मेनेजमेन्ट पढ्ने छात्रवृत्ति र एक थान स्मार्ट फोन पाएकी छन् ।

यसैगरी, प्रतियोगितामा फस्ट रनरअप उपाधि भारत पश्चिम बङ्गालकी प्रतिमा सिंह र सेकेन्ड रनरअप उपाधि नेपालको मेचीनगरकी सोनाली राजबंशीले जितेकी थिइन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु. ५० हजार र रु. २५ हजार नगद प्रदान गरिएको थियो ।

प्रतिमा सिंह

प्रतियोागितामा नेपालको झापा, मोरङ, भारतको बङ्गाल, मेघालय र आसमका गरी १७ जना कोच समुदायका युवती सहभागी थिए ।

सोनाली राजबंशी

तिम्रो लागि तिम्रो करियर महत्वपूर्ण कि तिम्रो परिवार भन्ने निर्णायक प्रश्नको जवाफमा उपाधि बिजेता भारत मेघालयकी हेरोलिन कोच सदापले करियर र परिवार दुबै मेरा लागि महत्वपूर्ण हुने बताएकी थिइन् ।

‘तर परिवारको सपोर्टको लागि करियर पनि महत्वपूर्ण छ’ भन्ने थप जवाफ दिदै उनी उपाधि जित्न सफल भएकी हुन् ।

शनिबार धुलाबारीस्थित पासाङ ल्हामू स्मृति भवनमा ग्रान्ड फिनाले भएको थियो ।

ताज जितेकी सदापले नगद १ लाख, फस्ट रनरअफ सिंहले ५० हजार र सेकेन्ड रनरअफ राजवंशीले २५ हजार नगद, एकएक वटा मोबाइल, होटल मेनेजमेन्ट अध्ययनगर्ने अवसर र अन्य विभिन्न पुरस्कारहरु पाएको आयोजक झापा मिडिया हासका सीइओ योगेश राजवंशीले बताए ।

झापा मिडिया हाउसको आयोजनामा भएको प्रतियोागितामा मिस ट्यालेन्ट हियामणी सरकार, मिस डिसिप्लेन आसा राजवंशी, मिस क्याटवक सुदिप्ता महन्त, सपना ब्यूटी विथ प्रपोच हेरोलिन कोच, मिस एक्टीब प्रियङ्का बरुवा, मिस फ्रेन्डसीप रोहिनी माझी, मिस हेयर सम्झना राजवंशी, मिस पपुलर प्रतिमा सिंह, मिस स्पोटर्स रुबिता कोच, मिस फिजिक्स सोनाली राजवंशी, मिस पर्सनालिटी बुलबुली कोच, मिस कन्फिडेन्ट कृति कोच, मिस इन्टलेक्ट प्रियङ्का ताजपुरिया, मिस ग्ल्यामर चन्दना कोच, मिस चार्मिङ साबित्रा ताजपुरिया, मिस मल्टिमिडिया जिमि राजवंशी र मिस फोटोजेनिक करिश्मा कोच भएको आयोजकका प्रबन्ध निर्देशक अभय राजवंशीले बताए ।

प्रतियोगिताको कोरियोग्राफर सपना राजवंशीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन दिलिप राजवंशीले गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: