मेचीका सबै उम्मेद्वार ढकाल प्यानलका

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार १४:४१


झापा, ७ मङ्सिर । नजिकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा साविकको मेची अञ्चलबाट उम्मेद्वार बनेकाहरु सबै ढकाल प्यानलका रहेका छन् ।

मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौंमा महासंघको ५४ औं साधारणसभा हुँदैछ । जहाँ आगामी नेतृत्वका लागि चुनावी महाभिडन्त पनि हुँदैछ ।

झापाको विर्तामोडका उमेश डालमिया जिल्ला–नगर क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेद्वार छन् । उनी यस अघिका केन्द्रीय सदस्य हुन् ।
केन्द्रमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको प्यानलबाट डालमियाले उम्मेद्वारी दिएका हुन् ।

यसैगरी, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले संस्थापक सदस्यको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।
झापाकै हेमराज ढकालले बस्तुगत संघको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वार बनेका छन् ।

टिकाराज र हेमराज दुबै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालकै प्यानलबाट उम्मेद्वार बनेका हुन् ।

ताप्लेजुङका तारा घिमिरे पनि केन्द्रीय सदस्यमा उम्मेद्वार छन् । जिल्ला नगर कोटाबाटै उम्मेद्वार बनेका घिमिरे समेत चन्द ढकालकै प्यानलका उम्मेद्वार हुन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष अर्कोपटक स्वतः अध्यक्ष बन्ने वैधानिक व्यवस्था छ । त्यसो भएकाले अध्यक्ष पदको चुनाव हुँदैन । तर वरिष्ठ उपाध्यक्ष पदमा भने घमासान प्रतिष्पर्धा हुने गरेको छ ।

यसअघिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर उम्मेद्वारी दिएका छन् ।

प्रधान विराटनगरका हुन् भने ढकाल काठमाडौंका । प्रधानका पछाडि अध्यक्ष बन्दै गरेका शेखर गोल्छा, प्रदेश नं. १ का महासंघ अध्यक्ष नरेन्द्र खड्कालगायतको समर्थन छ ।

उता चन्द्र ढकाललाई महासंघका सदावहार शक्तिशाली नेता चण्डीराज ढकालको बलियो समर्थन रहेको छ ।

महासंघलाई नजिकबाट बुझेकाहरु यसपाली वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्यानल बलियो रहेको बताउँछन् ।

ढकालका प्रतिष्पर्धी किशोर प्रधानको गृह प्रदेशकै ढकाल प्यानलका राजेन्द्र राउत र सन्दिप अग्रवालको निर्विरोध बिजयले पनि प्रधानका लागि चुनाव कठिन आँकलन गरिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: