मेचीदेखि मेलम्चीसम्म मेची अभियानको ८९ लाख सहयोग

  प्रकाशित मिति
१ श्रावण २०७८, शुक्रबार २१:२८


मेचीनगर, १ साउन । कोरोना महामारीमा मानवीय सेवामा सक्रिय मेची अभियानले एक वर्षमा ८९ लाखको सहायता पुर्याएको हिसाब सार्वजनिक गरेको छ ।

अभियानका संयोजक बिजय डालमियाले विहीवार साँझ सदस्यहरुको उपस्थितिमा हिसाब सार्वजनिक गरेको हो ।

उनले कोरोनाको दोस्रो भेरियन्टका बेला सहयोगमा ८८ लाख ७० हजार ३४५ रुपैयाँ खर्च भएको जानकारी दिए ।

सो अवसरमा मेचीनगरका नगरप्रमुख बिमल आचार्य समेत उपस्थित रहेका थिए ।

अभियानले मेचीनगरका कोरोना प्रभावितदेखि मेलम्चीका बाढी पहिरो पीडित परिवारसमक्ष स्वास्थ्य सामग्री, खाद्यान्न राहत र उपकरण उपलब्ध गराएको थियो ।

कार्यक्रममा अभियानका सदस्यहरु बिच मेची अभियानलाई आगामी दिनमा सामाजिक संस्थाको रुपमा विकास गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज