मेचीनगरका अर्का संक्रमित पनि दिल्लीबाट आएका थिए

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १७:००


मेचीनगर–३ स्थित बलभद्र आधारभुत विद्यालयको क्वारेन्टाइन

।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगरका अर्का एक जना ३९ वर्षीय पुरुष पनि भारतको दिल्लीबाट मजदुरी काम गरेर घर फर्किएको पुष्टि भएको छ ।

उनीसहित ५ जना भारतको दिल्लीबाट मजदुरी काम गरेर जेठ १९ गते काँकरभिट्टा स्थित मेचीपुल आइपुगेका थिए ।

उनी लगायत अरुलाई पनि घर नजिकैको मेचीनगर–३ स्थित बलभद्र आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

उनी लगायत ५ जना भारतको दिल्लीबाट जेठ १९ गते काँकरभिट्टा आइपुगेका थिए ।

मेचीपुलमा आएका उनीहरुलाई मेचीनगर क्वारेन्टाइन व्यवस्थापन समितिले एम्बुलेन्समा हालेर उक्त क्वारेन्टाइनमा लगेका थिए ।

क्वारेन्टाइनमा बस्ने उनी लगायत सबैको जेठ २३ गते पीसीआर टेष्ट गरिएको थियो ।

उनको पीसीआर टेष्टको रिपोर्ट बुधबार पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको विषयमा स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।

उनीसँगै आएका अन्य व्यक्तिहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

यसअघि भारतको दिल्लीबाट आएर मेचीनगर–४ को पशुपति माविको क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा पहिलो कोरोना संक्रमितको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: