मेचीनगरका गौरवका योजना

  प्रकाशित मिति
९ कार्तिक २०७५, शुक्रबार १७:१५


मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवका योजनाहरुमा शहरी विकास मन्त्रालय युजीडीपी, तथा शहरी विकास भवन निर्माण विभागले लगानीका लागि इच्छा व्यक्त गरेको छ ।

नगरपालिकाको दोस्रो नगरसभाले नगरका गौरवका योजना तथा कार्यक्रम अन्तर्गत नगरका ठूला आयोजना तथा कार्यक्रम अन्तर्गत मेचीनगरको गौरवका आयोजना तथा कार्यक्रम भनी प्रस्तावित आयोजनाहरु वा त्यस्तै प्रकृतिका नगरको दिगो विकास र दीर्घकालीन महत्वका योजना तथा कार्यक्रम हरु समावेश गर्ने नीति लिएको छ ।

संघीय सरकार तथा प्रदेश सरकारद्वारा नगरपालिकाका भित्र सञ्चालन गरिने योजनाका विवरण समेत नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गरिने छ ।
विहीबार नगरपालिकाको दोस्रो नगरसभाद्वारा पारित गौरबका योजनाहरुमा लगानी गर्नका निम्ती शहरी बिकास कोषका पदाधिकारी र नगरपालिकाबीच प्रारम्भिक छलफल भएको छ ।

उपप्रमुख मिना पोखरेल उप्रेतीको कार्यकक्षमा दुईपक्षबीच भएको छलफलमा मन्त्रालयकोतर्फबाट नगरपालिका भित्र के कस्ता योजना रहेका छन् ? ती आयोजना कार्यान्वयनमा नगरपालिकाको भूमिका के रहन्छ ? तथा कार्यक्रमको अवधारणा र कति ऋण सहयोग गर्ने वा कति अनुदान रकम दिने भन्ने विषयमा मन्त्रालयको प्रतिनिधी मण्डलले प्रष्ट पारेको थियो ।

नगरपालिकाले आफ्ना नगरभित्रका योजनाका बारेमा प्रतिनिधी मण्डलको ध्यानाकर्षण गराएको थियो । ड्रेन, सडक, खेल मैदानसहित गौरबका योजनामा विषयमा छलफल भएको उपप्रमुख उप्रेतीले जानकारी दिईन् । पहिलो चरण अन्तर्गत देशका ५ वटा नगरपालिकामा यस्ता आयोजना सम्पन्न भएको र दोस्रो चरण अन्तर्गतको यो कार्यक्रममा मेचीनगर नगरपालिकासहित देशभरिका १६ वटा नगरपालिका छनौट भएको बताइएको छ । मनत्रालयले विश्व बैंकको सहयोगमा योजना सम्पन्न गर्न सहयोग गर्ने बताइएको छ ।

नगरपालिकाकोतर्फबाट उपप्रमुख उप्रेतीको नेतृत्वमा सामाजिक विकास समिति संयोजक नविन वराल, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, वातावरण तथा विपद व्यवस्थापन समिति टिकाराम मंग्रान्ती,प्रमुख प्रशासकिय अधिकृतमहेन्द्रकुमार खाम्याहाङ्ग, सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, इञ्जिनियर कमल कोइराला खाद्य विश्लेषक दीपेन्द्र कार्कीलगायतको सहभागिता थियो । कोषकातर्फबाट पदम मैनाली, किशोर श्रेष्ठ, रोशन श्रेष्ठ र अजयचन्द्रलाल कर्णले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: