मेचीनगरका जनप्रतिनिधिलाई न्याय सम्पादनसम्बन्धी तालिम

  प्रकाशित मिति
३१ श्रावण २०७९, मंगलवार ०७:४७


विर्तामोड, ३१ साउन । स्थानीय तहका न्यायिक समितिका सदस्य र अन्य जनप्रतिनिधिलाई विवाद नि?पण सम्बन्धी तालिम दिइएको छ ।

स्थानीय जनप्रतिनिधिह?को न्यायिक समिति सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला जनचेतना केन्द्र मेचीनगरले तीन दिनसम्म जनप्रतिधिनिह?लाई विर्तामोडमा तालिम प्रदान गरेको हो । साउन २८ गतेदेखि सु? भएको तालिमको सोमवार समापन भएको छ ।

मेचीनगर नगरपालिकाका १५ वटै वडाका जनप्रतिनिधिह?लाई न्याय र न्यायमा पहुँचको आधारभूत सिद्धान्त, न्यायिक समिति सदस्यह?को भूमिका, जिम्मेवारी, क्षेत्राधिकार, न्याय र न्यायको पहुँचको आधारभूत सिद्धान्त, स्थानीय सरकारका सदस्यह?को भूमिका र दायित्वह?का बारेमा जानकारी गराइएको थियो ।

टेवा नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा हिमालयन इनोभेटिभ डेभलपमेन्ट एन्ड रिसोर्स सेन्टरकी प्रमुख इन्दू तुलाधार, उपन्यायाधिवक्ता कृष्णप्रसाद पन्तले मेलमिलाप र मेलमिलाप प्रक्रियाको अवधारणा, लैङ्गिक हिंसा लगायतका विषयमा न्यायिक समितिको भूमिकाका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक मिना उप्रेतीले तालिमले न्याय सम्पादनमा विशेष सहयोग पुग्ने बताइन् । उनले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा आफू पनि कार्यान्वयन गर्ने र अन्य सदस्यह?लाई समेत कार्यान्वयन गर्न आग्रह गरिन् ।

अधिकांश स्थानीय क्षेत्रका नागरिकले जनप्रतिनिधिप्रति विश्वास गर्ने र समस्या समाधानका लागि उनीह?सँगै पुग्ने हुँदा जनप्रतिनिधिलाई जवाफदेही, संवेदनशील र प्रभावकारी न्याय सम्पादनमा मद्दत पुर्याउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको महिला जनचेतना केन्द्रकी कार्यक्रम संयोजक राधा प्रधान कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: