मेचीनगरका दलले दिए १ लाख ३२ हजार

  प्रकाशित मिति
२७ चैत्र २०७६, बिहीबार १८:००


।। अर्जुन कार्की ।।

ईटाभट्टा । मेचीनगरका चार राजनीतिक दलले नगरपालिकाको विपद व्यवस्थापन कोषमा विहीबार रकम बुझाएका छन् ।
नेकपा, नेपाली काङ्ग्रेस, राप्रपा र संघीय समाजवादी पार्टी मेचीनगरले १ लाख ३२ हजार १५ रुपैयाँ नगद रकम मेची नगरपालिकाको विपद व्यवस्थापन कोषमा बुझाएका हुन ।

नेकपाका मेचीनगर अध्यक्ष माधव अर्यालले ५१ हजार, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले ५१ हजार, राप्रपा मेचीनगर अध्यक्ष शुशिल आचार्यले १५ हजार र संघीय समाजवादी पार्टी मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले १५ हजार १५ रुपैयाँ नगद रकम बुझाएका थिए ।

उक्त रकम नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती लगायतका जनप्रतिनिधिहरुलाई बुझाइएको नगरपालिकाले जनाएको छ ।

योसँगै विपद व्यवस्थापन कोषमा १४ लाख ६६ हजार ४ सय ३० रुपैयाँ विभिन्न राजनीतिक दल तथा संघसंस्थाबाट नगद जम्मा भएको नगरपालिकाका लेखा प्रशासन प्रमुख पदमबहादुर कार्कीले बताए ।

कोषमा रकम तथा खाद्यान्न सामग्री दिनेको संख्या धमाधम बढिरहेको छ ।

हालसम्म विपद व्यवस्थापन कोषमा कर्णाली र सिम्रिक वचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ५०÷५० हजार, अन्शु एकाडेमी बाहुनडाँगीले १२ हजार, साना किसानकृषि सहकारी बाहुनडाँगीले ३१ हजार, हिमालयन एकाडेमी धुलाबारीले २० हजार, हिमालयन मल्टिपल कलेज धुलाबारीले १० हजार, किशोर क्षेत्री धुलाबारीले २१ हजार, मेची उद्योग वाणिज्य संघले २ लाख १ हजार जम्मा गरेका छन् ।

त्यस्तै काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले १ लाख, सिद्विखोला सिञ्चाई जल उपभोक्ता संस्था बाहुनडाँगीले ११ हजार, नेपाल शिक्षक महासंघ मेचीनगरले २ लाख ११ हजार ८ सय, धुलाबारी खानेपानी उपभोक्ता सरसफाइ समितिले १ लाख १ हजार, निर्माण व्यवसायी संघ मेचीनगरले ५५ हजार, प्यावसन मेचीनगरले ५२ हजार, हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था मेचीनगरले ५१ हजार रुपैयाँ कोषमा जम्मा हुने गरी उपलब्ध गराएका छन् ।

यस्तै, कृष्ण प्रणामी युवा परिषद् धुलाबारीले ५१ हजार, भेगा सिटी इन्टरटेमेन्ट प्रालि मेचीनगरले १ लाख १ हजार, श्री सतासी वहुमुखी सहकारी संस्था मेचीनगरले ५० हजार, नवदय वहुमुखी सहकारी संस्था धुलाबारी शाखाले २५ हजार, मेचीकाली सहकारी संस्था धुलाबारीले ५१ हजार, भानु वहुमुखी सहकारी संस्था धुलाबारीले ५१ हजार, तारापुञ्ज साकोस काँकरभिट्टाले ११ हजार १ सय १५ रुपैयाँ, मखमली सहकारी संस्था तथा कर्मचारी परिवार काँकरभिट्टाका तर्फबाट १७ हजार ५ सय रुपैयाँ कोषमा जम्मा भएको कार्कीले जानकारी दिए ।

यसैगरी, खाद्यान्न सामग्रीका रुपमा मेची कृषक वहुमुखी सहकारी संस्था ईटाभट्टाले ११ हजार ५ केजी चामल, मेची मासु उपभोक्ता तथा सहकारी संस्था काँकरभिट्टाले ५ सय केजी चामल, पाउ पाथिभरा मन्दिर चारआलीले १ हजार केजी चामल, मारवडी सेवा समाज मेचीनगरले १ हजार १ सय केजी चामल नगरपालिकाको विपद् व्यवस्थापन समितिलाई बुझाएको उनले बताए ।

यसअघि नगरपालिकाले ३ हजार अति विपन्न घर परिवारलाई एक हप्ताका लागि राहत सामग्री वितरण गरिसकेको छ ।

यसरी नै नगरपालिकाले वडामा नपुग विपन्न घर परिवारका लागि प्रत्यक वडामा ३ लाख रुपैयाँ थप वजेट खर्च गर्ने गरी राहतको व्यवस्था मिलाएको छ ।

चीनको वुहान सहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपालमा पनि जरा गाड्न थालेपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

संक्रमणबाट बच्न सरकारले लकडाउनको समय अवधि बढाएसँगै दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुर भोक भोकै हुन थालेपछि स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरुले राहतका रुपमा खाद्यान्न र नगद रकम विपद् कोषमा जम्मा गर्न थालेका हुन् ।

उक्त जम्मा भएका खाद्यान्न सामग्री र नगद रकम नगरका विपन्न घर परिवारलाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: