।। अर्जुन कार्की ।।
मेचीनगर । मेचीनगर–३ का कोरोना संक्रमित ३६ वर्षीय पुरुष सोमबार निको भएर घर फर्किदैछन् ।
विराटनगर स्थित कोभिड अस्पतालमा उपचारमा रहेका उनले कोरोना जितेर दिउसो २ वजे डिस्चार्ज भएर घर फर्किदै गरेका हुन् ।
उनी गत जेठ १९ गते भारतको दिल्लीबाट आएका थिए । उनलाई मेचीनगर–३ नम्बर वडाको बलभद्र आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।
उनको जेठ २३ गते क्वारेन्टिनमा पीसीआरको नमुना संकलन गरिएको थियो ।
जेठ २८ गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उक्त अस्पताल लगिएको थियो ।
अस्पतालले उनलाई आज निको भएर घर फर्काउदै गरेको एक उच्च श्रोतले जनाएको छ ।
मेचीनगरका ५ जना कोरोना संक्रमित मध्ये उनी दोस्रो कोरोना संक्रमित हुन् ।