मेचीनगरका पत्रकारलाई एन ९५ मास्क, सेनिटाइजर र पन्जा

  प्रकाशित मिति
४ जेष्ठ २०७७, आईतवार १९:४३


ईटाभट्टा । मेचीनगर नगरपालिकाले मेचीनगरका पत्रकारहरुलाई स्वास्थ्य सामग्रीका रुपमा एन ९५ मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पनि दुई जनाको मृत्यु भएपछि अग्रभागमा रहेर काम गर्न जोखिम हुने भएको भन्दै नगरपालिकाले यहाँका पत्रकारहरुलाई स्वास्थ्य सामग्रीका रुपमा एउटा एन ९५ मास्क, एक वोतल सेनिटाइजर र दश वटा पन्जा वितरण गरेको हो ।

आइतबार नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, सामाजिक विकास शाखाका प्रमुख अनन्तप्रकाश वस्तीले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष, महासंघ पूर्व केन्द्रीय सदस्य मोहन काजीलाई मेचीनगरका पत्रकारहरुलाई वितरण गर्ने गरी पहिलो चरणमा उक्त स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

पहिलो चरणमा नगरका ११ जना पत्रकारहरुले एन ९५ मास्क, सेनिटाइजर र पन्जा पाएका छन् ।

स्वास्थ्य सामग्री पाउन बाँकी रहेका नगरका पत्रकारहरुले नगरपालिकामा सम्पर्क राख्न नगरप्रमुख आचार्यले बताए ।

यसैगरी, नगरबाट प्रकाशित हुने पत्रिका वितरण गर्ने १९ जना वितरकहरुलाई नगरपालिकाले राहतका रुपमा खाद्यान्न सामग्री दिने भएको छ ।

त्यस्तै, नगरबाट प्रकाशित हुने दैनिक पत्रिका, साप्ताहिक पत्रिका, रेडियो तथा अनलाइन संस्करणहरुलाई पनि लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गर्ने मेचीनगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: