मेचीनगरका पाँचै जना संक्रमित युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका

  प्रकाशित मिति
७ असार २०७७, आईतवार १८:०३


मेचीनगर । आइतबार मेचीनगरमा थपिएका कोरोना संक्रमित २ जनासहित पाँचै जना भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका थिए ।

मेचीनगरमा आइतबार थपिएका पाँचौँ कोरोना संक्रमित ३० वर्षीय पुरुष पनि भारतको मुम्बईबाट गत जेठ ३० गते नै मेचीपुल आइपुगेका थिए ।

मेचीपुल आइपुगेका उनलाई पनि स्थानीय जनप्रतिनिधिले एम्बुलेन्समा हालेर सिधै मेचीनगर–५ को बालकल्याण माविको क्वारेन्टिनमा लगेका थिए ।

मेचीनगरपालिकाको स्वास्थ्य टोलीले उनको स्वबको नमुना संकलन गरेर विराटनगरको कोभिड–१९ को प्रयोगशाला पठाएको थियो ।

मेचीनगर–६ को होम क्वारेन्टाइनमा बसेका चौँथो संक्रमितको पनि सोहि दिन पीसीआर जाँच गरिएको थियो ।

आइतबार मेचीनगरमा थपिएका दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थय मन्त्रालयले पुष्टि गरेको छ ।

उनीहरुलाई आइतबार दिउसो नै मोरङ स्थित गोठगाँउको कोभिड अस्पताल पठाइएको छ ।

मेचीनगरका पाँचै जना संक्रमित भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका थिए ।

कोरोना संक्रमित मध्ये मेचीनगर–५ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ३ का १ जना र मेचीनगर–६ का १ जना हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: