मेचीनगरका मेयर अस्पताल भर्ना, मधुमेह बढ्यो

  प्रकाशित मिति
२ श्रावण २०७७, शुक्रबार १२:४८


बिर्तामोड, २ साउन । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई उच्च मधुमेह र युरिक एसिड बढेका कारण उपचारका लागि विर्तामोडको विर्ता सिटी हस्पिटल भर्ना गरिएको छ ।

स्रोतका अनुसार विहीवार मेयर आचार्य डा. शरद भट्टराईलाई स्वास्थ्य जँचाउन हस्पिटल गएका थिए । डाक्टरले उनलाई हस्पिटलमा भर्ना भएरै उपचार गर्नुपर्ने सुझाव दिए ।

मेयर आचार्यको श्वेत रक्त कोशिका कम भएको, रगतमा मधुमेहको मात्रा ज्यादा रहेको र युरिनमा इन्फेक्सन देखिएको बताइएको छ ।

हाल हस्पिटलमै रहेका उनको थप चेकजाँच भइरहेको जनाइएको छ ।

मेयर आचार्यमा लामो समयदेखि मधुमेह बढ्ने समस्या छ । मेयरको रुपमा उनको दैनिक कामकाजको दौडधुप ज्यादा भएकाले पनि उनमा स्वास्थ्य समस्या थपिने गरेको छ ।

कोभिड १९ को महामारी सुरु भए यता मेयर आचार्यले कार्यालय र फिल्डको कामबाट आराम पाउने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: