मेचीनगरका मेयर आचार्यलाई उपचारका लागि भारत लगियो

  प्रकाशित मिति
११ कार्तिक २०७७, मंगलवार २०:१५


मेचीनगर, ११ कार्तिक । कोरोना संक्रमणको उपचार गराइरहेका मेचीनगरका मेयर विमल आचार्यलाई आज थप उपचारका लागि भारत लगिएको छ ।

पारिवारिक स्रोतका अनुसार आज साँझ विराटनगरबाट काँकरभिट्टा आएका आचार्यलाई एम्बुलेन्स चढाएर सिलिगुढी लगिएको हो ।

संक्रमित भएपछि उनी केही दिन होम आइसोलसनमा बसेका थिए । तर डाइविटिजका विरामी उनको स्वास्थ्यमा समस्या बढेपछि विराटनगरको नोवेल हस्पिटलमा लगिएको थियो ।

लामो समय विराटनगरमा रहँदा समेत स्वास्थ्य अवस्थामा सुधार नभएपछि परिवारका सदस्य, आफन्त र साथीभाइको सल्लाहमा उनलाई राम्रो उपचारका लागि सिलिगुढी लगिको बताइएको छ ।

मेयर चढेको एम्बुलेन्समा परिवारका एक सदस्य साथै सिलिगुढी गएको र केहीबेर पछि परिवारका अन्य सदस्य समेत रेखदेखका लागि गएको स्रोतले जनाएको छ ।

कोरोनाको प्रभाव न्यून गर्न चलाइएको कडा औषधिले आचार्यको स्वास्थ्य कमजोर भएको र हस्पिटलमा राम्रो हेरचाह समेत नभएको पारिवारिक सदस्यहरुले भनाई रहँदै आएको छ ।

नगरप्रमुख आचार्यले हस्पिटलमा भन्दा होम आइसोलेसनमा बस्न मन गरेको तर उनको कमजोर हुँदै गएको स्वास्थ्य अवस्थाका कारण भारतमा उपचारका लागि लैजानु परेको बताइएको छ ।

भारत प्रस्थान गर्नु अघि मेयर आचार्यलाई भेटेका एक पारिवारिक सदस्यका अनुसार उनको स्वास्थ्य कमजोर भए पनि बातचित गर्न र आफै हिँडडुल गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: