मेचीनगरका मेयर कोरोनामुक्त, घर फर्किन अझै एक हप्ता लाग्नसक्ने

  प्रकाशित मिति
१८ कार्तिक २०७७, मंगलवार १९:५१


झापा, १८ कार्तिक । मेचीनगरका प्रमुख विमल आचार्य कोरोनामुक्त भएका छन् ।

भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा उपचार गराइरहेका आचार्यको आज पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गत असोज २८ गते मेची प्रादेशिक अस्पतालको कनकाई प्रयोगशालामा स्वाव परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य खराब बन्दै गएपछि कार्तिक ४ गते उपचारका लागि विराटनगरको नोबेल हस्पिटल भर्ना भएका थिए ।

त्यहाँ समेत उनको स्वास्थ्यमा भनेजस्तो सुधार आन सकेन । त्यसपछि उनलाई कार्तिक ११ गते सिलिगुढी लगियो ।

फोक्सोमा संक्रमण समेत देखिएका नगरप्रमुख आचार्य लामो समयदेखि मधुमेहका विरामी थिए ।

सिलिगुढीमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले जनाएका छन् ।

सल्लाहकार उप्रेतीले नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक रुपमा भइरहेको सुधारका बारेमा फेसबुकमार्फत जानकारी दिदै आएका छन् ।
उप्रेतीका अनुसार आचार्य अझै एक साता सिलिगुढीको हस्पिटलमै रहेर पूर्ण स्वास्थ्यलाभ गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: