मेचीनगरका मेयर ३९ दिनको उपचारपछि स्वास्थ्यलाभ गरेर आज घर आए

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार २२:१७


दसैंमा गरीव परिवारलाई कपडा सहयोग गर्दै नगरप्रमुख आचार्य ।                              फाइल तस्वीर

मेचीनगर, ७ मङ्सिर । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य ३९ दिनको उपचारपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् ।

कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए ।

कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले बताए ।

नगरप्रमुख आचार्य आज साँझ मात्र काँकरभिट्टास्थित निजी निवासमा आइपुगेका हुन् ।

उनले केही दिनपछि फ्लोअप उपचारका लागि सिलिगुढी जानु पर्नेछ ।

असोज २८ गते पीसीआर पोजेटिभ भएपछि कार्तिक ४ गते आचार्यलाई विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको थियो ।

कार्तिक ११ गते उनलाई थप उपचारका लागि भारतको सिलिगुढीस्थित किन्स हस्पिटलमा भना गरिएको थियो ।

किन्सले उनलाई एक साता अघि मात्र हस्पिटलबाट डिस्चार्ज दिको थियो । त्यसपछि उनी सिलिगुढीमै बसेर फ्लोअपमा धाइरहने गरेका थिए ।

अझै केही समय फ्लोअपमा गइरहनु पर्ने भएको हुँदा उनलाई चिकित्सकहरुले नेपाल फर्किन अहिले नै अनुमति दिन चाहेका थिएनन् ।

तर नेपाल फर्केर फ्लोअपमा आइरहने र आइसोलेसन (भीडभाडमा नजाने गरी) बस्ने गरी घर जान चिकित्सकहरुले अनुमति दिएको बताइएको छ ।

नगरप्रमुख आचार्य सोमवार नगरपालिका कार्यालय जाने सम्भावना बारे प्रेस सल्लाहकार उप्रेतीले केही बताउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: