मेचीनगरका संक्रमित ४८ मध्ये ४६ जना निको भएर घर फर्किए

  प्रकाशित मिति
२ श्रावण २०७७, शुक्रबार २०:०७


मेचीनगर । मेचीनगरका कोरोना संक्रमित ४८ मध्ये ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुक्रबार कोरोना संक्रमित मेचीनगरका ८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

‘विहीबारसम्म मेचीनगरका ४८ जना कोरोना भाइरसका संक्रमित थिए’–‘सामाजिक विकास समिति संयोजक नविन बरालले भने–‘अहिलेसम्म ४६ जना निको भएर घर फर्किए । शुक्रबार मात्र ८ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् ।’

मेचीनगरका ७ वर्षकी बालिकादेखि ५५ वर्षका वृद्वसहित ४६ जना विराटनगर र धरानको कोभिड–१९ अस्पतालबाट निको भएर घर फर्किएका छन् ।
मेचीनगरका कोरोना संक्रमित अब २ जना मात्र अस्पतालमा उपचारर्थ रहेको संयोजक बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: